ताजा समाचार

५५ वर्षीय चौधरीको भारतीय गाडीको ठक्करबाट मृत्यु

कपिलवस्तु, ४ असार । भारतीय नम्बर प्लेटको गाडीको ठक्करबाट यशोधरा गाउँपालिकामा एक जनाको मुत्यु भएको छ ।

तौलिहवा मर्यादपुर सडक खण्डको बैदौलीमा आज बिहान युपी ५६ ७२४० नं को म्याजिक गाडीको ठक्करबाट स्थानीयवासी ५५ वर्षीय अयोध्याप्रसाद चौधरीको मृत्यु भएको प्रहरी नायब उपरीक्षक नरेन्द्र कार्कीले जानकारी दिए ।

गाडीको ठक्करपछि उनको घटनास्थलमै मृत्यु भएको थियो । गाडी चालक प्रहरी नियन्त्रणमा रहेका छन् ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org