संघीयता सफल बनाउनु अहिलेको आवश्यकता–मुख्यमन्त्री राई
विराटनगर, ६ असार । प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राई संघीयता हाम्रो मुलुकका लागि पहिलो अभ्यास भएकाले यसलाई सफल बनाउनु अहिलेको आवश्यकता रहेको बताएका छन् ।
निर्वाचन आयोग नेपालद्वारा आज विराटनगरमा आयोजित प्रदेश नं १ निर्वाचनको समीक्षा कार्यक्रमको उद्घाटन गर्दै उहाँले संघीय लोकतान्त्रिक गणतन्त्रको संस्थागत विकास गर्न निर्वाचन प्रणाली अपरिहार्य छ भने।
उनले सिंहदरबारको अधिकार जनताको घरदैलोमा पुर्याउने संघीय प्रणालीमा जनताको शान्ति सुरक्षा र समृद्धिप्रति आशा जागेको भन्दै संघीयता कार्यान्वयनमा आ–आफ्नो तहबाट महत्वपूर्ण भूमिका निर्वाह गर्न सबैसँग आग्रह गरे ।
मुख्यमन्त्री राईले विगतको निर्वाचनबाट पाठ सिकेर आउने निर्वाचनलाई शान्तिपूर्ण, भयरहित, स्वच्छ र पारदर्शी बनाउन कार्यक्रममा सहभागीको अमूल्य सुझाव आउने आशा राखे । प्रदेश नं १ का मुख्यसचिव सुरेश प्रधानले लोकतन्त्र बलियो बनाउन निर्वाचन प्रणालीलाई अझ सरल, सहज एवं व्यवस्थित र विश्वासिलो बनाउन सहभागीको सुझाव अमूल्य रहने विश्वास व्यक्त गरे।
निर्वाचन आयुक्त नरेन्द्र दाहालको अध्यक्षतामा भएको सो कार्यक्रममा निर्वाचन क्षेत्रीय कार्यालय विराटनगरका प्रमुख प्रेम सञ्जेल र निर्वाचन आयोगका उपसचिव महेन्द्र भट्टराईले पनि बाेलेका थिए ।
निर्वाचनलाई उत्कृष्ट बनाउन, नीतिगत र व्यवस्थागत बनाउन सुझाव लिने उद्देश्यले आयोजित सो दुईदिने कार्यक्रममा प्रदेश नं १ का सबै जिल्लाका प्रमुख निर्वाचत अधिकृत एवं न्यायाधीशहरु, जिल्ला निर्वाचन अधिकारी, सुरक्षाकर्मी, प्रदेशसभाका सदस्य एवं सञ्चारकर्मी गरी करिब ७० जनाको सहभागिता छ ।
Comments
अरु समाचार
-
कोशीका मुख्यमन्त्री कार्कीले असोज २ गते विश्वासको मत लिने
काठमाडौं । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले आगामी असोज २ गते विश्वासको मत लिने भएका छन् । नेपाल कम्युनिष्ट पार्टी...
-
साहित्यकारहरुले भने- नारद पोखरेलको उपन्यास ‘उर्वरा’ ले सजिलै पाठकको मन तान्छ
काठमाडौं, भदौ २९ । उपन्यासकार नारद पोखरेलको उपन्यास ‘उर्वरा’ पाठकका लागि फरक स्वादको चटनी भएको एक कार्यक्रममा सहभागी स्रष्टाहरुले बताएका...
-
बाल अधिकार संरक्षणमा प्रदेश सरकार प्रतिबद्ध छः मुख्यमन्त्री कार्की
काठमाडौं । कोशी प्रदेश सरकारका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले प्रदेश सरकार बाल अधिकार संरक्षणमा प्रतिबद्ध भएको बताएका छन्। आज बाल दिवसका...
-
पूर्वमुख्यमन्त्री कार्कीद्वारा पुनः अनसन सुरु
मोरङ। कोशी प्रदेश सरकारका पूर्वमुख्यमन्त्री केदार कार्कीले पुनः अनसन सुरु गर्नुभएको छ । मंगलबार अपराह्न ४ बजेदेखि विराटनगर–७ स्थित देवकोटा...
-
श्रमदानद्वारा सडक मर्मत गर्दै भोजपुरका सिक्रेटारबासी
काठमाडौं। भोजपुरको अरुण गाउँपालिका–७ सिक्रेटारका स्थानीयवासीले श्रमदान गरेर सडक मर्मत गरेका छन् । वर्षात्का कारण सडक हिलाम्मे भएर आवतजावतमा समस्या...
-
झापामा डेङ्गीको सङ्क्रमणबाट दुईजनाको मृत्यु
काठमाडौं । कोशी प्रदेशमा डेङ्गीबाट गत साउनदेखि हालसम्म एक हजार ६५ जना सङ्क्रमित भएका छन् । यस अवधिमा डेङ्गी सङ्क्रमणका...
-
बीएन्डसीलाई एमबीबीएस पढाउन औपचारिक स्वीकृति
काठमाडौं । बीएन्डसी मेडिकल कलेज टिचिङ एन्ड रिसर्च प्रालिले लामो पर्खाइपछि चिकित्सा शिक्षा आयोगबाट चिकित्साशास्त्रको स्नातक तह (एमबीबीएस) मा ५०...
-
नेकपा एमाले जिल्ला कमिटी संखुवासभाको तेस्रो पूर्ण बैठक आइतबार सम्पन्न
काठमाडौं । नेकपा (एमाले) जिल्ला कमिटी सङ्खुवासभाको तेस्रो पुर्ण बैठक सम्पन्न भएको छ । एमाले जिल्ला कमीटि अध्यक्ष खड्ग बहादुर...
-
सङ्खुवासभाको खाँदबारीमा योगमाया आयुर्वेद विश्वविद्यालयको केन्द्रीय कार्यालय राख्ने मन्त्रीपरिषदको निर्णय
काठमाडौं । सरकारले सङ्खुवासभाको खाँदबारी नगरपालिकामा योगमाया आयुर्वेद विश्वविद्यालयको केन्द्रीय कार्यालय रहने स्थान तोक्ने निर्णय गरेको छ । २०८१ भदौ...