स्पेन विजयी इरानले खायो १ गोल
युरोपियन फुटबल जायन्ट स्पेनले जारी २१ औं संस्करणको विश्वकपको आफ्नो समूह चरणको खेलमा इरानलाई १ ० ले हराएको छ। उसले कजान रंगशालामा भएको संघर्षपूर्ण र रोमाञ्चक खेलमा १(० को जीत निकालेको हो। जीतसँगै उसले ४ अंक बटुलेको छ। स्पेनले समूह चरणबाट बाहिरिएको मोरोक्कोसँग समूहको अन्तिम खेल खेल्नेछ।
स्पेन र एशियाली राष्ट्र इरानबीचको समूह चरणको पहिलो हाफ गोलरहित बराबरीमा सकिएको थियो। दोस्रो हाफमा इरानले खेलमा फर्किने केहि महत्वपूर्ण मौका गुमायो। उसले गरेको एक गोल अफसाइड भएको थियो। भिएआरबाट सो गोललाई अफसाइड घोषणा गरिएको थियो।
समूह बिको यी दुबै टोलीलाई नकआउट प्रवेशका लागि जीत अत्यावश्यक रहेको थियो। सो जीत स्पेनका लागि डिएगो कोष्टाले खेको ५४ औं मिनेटमा निकाले। यसअघि भएको पहिलो खेलमा स्पेनले पोर्चुगलसँग ३ ३ गोलको बराबरी खेलेको थियो भने इरानले मोरोक्कोलाई २ ० ले हराएको थियो।
अंकतालिकामा १ बराबरी र एक जितसहित पोर्चुगल ४ अंक सहित शीर्ष स्थानमा रहेको छ। स्पेन ४ अंक सहित दोश्रोमा छ। इरान ३ अंकसहित तेश्रोमा छ। पोर्चुगलले मोरोक्कोसँग भएको खेलमा १ ० को जीत निकालेको थियो।
समूह चरणको दुबै खेल हारेको मोरोक्को घर फर्किने पक्का भइसकेको छ। आजको खेलमा जीत निकालेमा इरान एक खेल बाँकी हुँदै दोश्रो चरणमा प्रवेश गर्ने थियो तर स्पेनले उसलाई निराश पारिदियो ।
स्पेनले निराश पारेपनि इरानको नकआउट चरणमा पुग्ने सम्भावना सकिएको छैन्। समूहका शीर्ष तीनै टोलीको नकआउट चरणमा पुग्ने सम्भावना छ जसको निर्धारण उनीहरूका अन्तिम खेलमा भर पर्नेछ।
Comments
अरु समाचार
-
जेनजी समूहको संयुक्त बैठकले मिरजलाई संयोजक तोक्यो, सरकार अपदस्थ गर्नेसम्मका योजना
काठमाडौं । जेनजी आन्दोलनलाई संस्थागत रूपमा अगाडि बढाउने उद्देश्यसहित ३० भन्दा बढी जेनजी समूहहरूको संयुक्त बैठकले मिरज ढुङ्गानालाई संयोजक चयन...
-
साफ महिला च्याम्पियनसिप : एपीएफलाई हराउँदै इस्ट बङ्गाल विजयी
काठमाडौं । दक्षिण एसियाली फुटबल महासङ्घ (साफ)ले पहिलो पटक आयोजना गरेको साफ महिला क्लब च्याम्पियनसिप फुटबल प्रतियोगिताको उपाधि भारतको इस्ट...
-
संखुवासभामा साठ्ठी मुरी धान फलाउँदा तीस हजार पुरस्कार
काठमाडौं । सङ्खुवासभाको पाँचखपन नगरपालिकामा ६० मुरी धान फलाउने किसान सम्मानित भएका छन् । पाँचखपन नगरपालिका –६ का कृषक भिम...
-
नोबेल पुरस्कार विजेताको समुपस्थितिमा त्रिविको दीक्षान्त समाराेह
काठमाडाैं । नोबेल पुरस्कार विजेता जापानी प्राध्यापक ताकाआकी काजिताको प्रमुख आतिथ्यतामा त्रिभुवन विश्वविद्यालयको ५१औँ दीक्षान्त समारोह हुने भएको छ ।...
-
आज नेकपाले भृकुटीमण्डपमा एकता शन्देससभा गर्दै !
काठमाडौं । विभिन्न राजनीतिक दल तथा समुहहरु मिलेर बनेको नेपाली कम्युनिष्ट पार्टीले आज भृकुटीमण्डपमा एकता शन्देससभा गर्दैछ । गत कार्तिक...
-
तोकिएकै समयमा चुनाव बनाउन प्रतिबद्ध छाैंः प्रधानमन्त्री कार्की (भिडियोसहित)
काठमाडाैं । प्रधानमन्त्री सुशीला कार्कीले सरकारको १०० दिनको अवधिमा विशेष सम्बोधन गर्दै तोकिएकै समयमा निर्वाचन सम्पन्न गराउने बताएकी छन् ।...
-
राष्ट्र बैंकले एक अर्ब २० करोड बैंक तथा वित्तीय संस्थामा लगानी गर्ने
काठमाडौं । नेपाल राष्ट्र बैंकले कर्मचारी सुरक्षण कोषमा रहेको रु एक अर्ब २० करोड बराबरको रकम बैंक तथा वित्तीय संस्थामा...
-
निर्वाचन ७५ दिन बाँकी : देशभर १० हजार नौ सय ६७ मतदान स्थल कायम
काठमाडौं । आगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि देशभर कूल १० हजार ९६७ मतदानस्थल रहने...
-
‘फजुल खर्च नियन्त्रण र वित्तीय सुशासनमा ठोस कदम’
काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले सरकारको १०० दिनको अवधिमा फजुल खर्च नियन्त्रण र वित्तीय सुशासनमा ठोस कदम चालिएको बताएकी छन्...












