ताजा समाचार

यी हुन् विश्वकप फुटबलमा आज हुने तीन खेलहरु

रुसमा जारी २१ औं संस्करणको फिफा विश्वकप फुटबलमा बिहीबार ३ खेलहरू हुँदैछन् । समूह चरण दोस्रो राउन्ड अन्तर्गत बिहीबार हुने पहिलो खेलमा समूह सी मा रहेका डेनमार्क र अष्ट्रेलियाबीच प्रतिस्पर्धा हुँदैछ ।

खेल समारा एरिना रंगशालामा नेपाली समयअनुसार साँझ ५ः४५ बाट सुरु हुनेछ । आफ्नो पहिलो खेलमा अष्ट्रेलिया फ्रान्ससँग २–१ ले पराजित भएको थियो भने डेनमार्कले पेरुलाई १–० ले हराएको थियो।

आज हुने दोस्रो खेलमा बेलुका ८ः४५ बजे समुह सी कै फ्रान्स र पेरू भिड्नेछन्। सो खेल इकाटेरिनबर्ग एरिना रंगशालामा हुनेछ। अघिल्लो चरणको यात्रा तय गर्न पेरूलाई यो खेल जित्नैपर्ने दबाब छ।

त्यस्तै निज्नी नोभगोरोड रंगशालामा हुने आजको अन्तिम खेलमा राती ११ः४५ मा अर्जे्न्टिना र क्रोएसिया आमने सामने हुनेछन्।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org