ताजा समाचार

उदितनारायण झाको घर निर्माण गर्ने क्रममा करेन्टको झड्काले मजदुरको मृत्यु

सप्तरी ७, असार । नेपाल-भारतमा  थुप्रै गित गायर प्रशिद्वि कमाएका चर्चित गायक उदितनारायण झाको घरमा निर्माणसम्बन्धी काम गर्ने एक जना भारतीय मजदुरको बिहीबार करेन्ट लागेर मृत्यु भएको छ ।

गायक झाको सप्तरीको हनुमाननगर कंकालनी नगरपालिका १ भारदहस्थित घरमा निर्माण सम्बन्धी काम गर्ने क्रममा करेन्ट लागेर भारतीय मजदूरको मृत्यु भएको प्रहरीले जनाएको छ । मृत्यु हुनेमा भारतकको भटनिया निवासी २५ वषर्ीय सञ्जीतकुमार यादव छन् ।

नयाँ घरको निर्माण गर्ने क्रममा रड सिधा गर्न खोज्दा रड ३७ हजार भोल्ट भएको विद्युतीय तारमा छुन पुगेको थियो । रड विद्युतीय तारमा छोएलगत्तै करेन्ट लागेका उनलाई उपचारका लागि भारदह अस्पताल लगिए पनि बाटोमै मृत्यु भएको हो ।

मृतकको शव परीक्षणका लागि राजविराजस्थित गजेन्द्रनारायण सगरमाथा अञ्चल अस्पताल पठाउने प्रहरीले जनाएको छ ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org