ताजा समाचार

सुन तस्करी काण्डमा व्यापारी अकबर शाह पक्राउ

काठमाडौं ८, असार । सुन तस्करीमा संलग्न भएको अभियोगमा व्यवसायी अकबर शाह पक्राउ परेका छन् ।

सरकारी छानविन समितिले शाहलाई बिहीबार साँझ नियन्त्रणमा लिएर सोधपुछ थालेको हो । रेष्टुरेष्ट व्यवसायी शाह पनि सुनको लगानीकर्ता भएको समितिको आशंका छ । उनी सञ्चार उद्यमी जमिम शाहका आफन्त समेत हुन् ।

सुन तस्कर डेविटर डाक्टर भन्ने छिरिङ वाङ्गेल घलेसँग सम्पर्कमा रहेको खुलेपछि शाहलाई नियन्त्रणमा लिईएको बताइएको छ ।

प्रारम्भिक बयानका क्रममा शाहले पछिल्लो ३३ किलो सुन तस्करीमा आफू असंलग्न रहेको तर यसअघि छिरीङसँग मिलेर अबैध सुनको कारोबार भने गरेको बयान दिएका छन् ।

न्युरोडस्थायी घर भएका अकवर नकवुल शाहका छोरा हुन् ।

अकबरले ललितपुरको लबिम मलमा ‘लेवल थ्री’ नामको हाई क्वालिटीको रेष्टुरेण्ट सञ्चालन गरेको समितिको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।

हाई क्वालिटीको फुड सर्भ गर्ने पाश्चात्य शैलीको उक्त रेष्टुरेण्ट दुई करोड लगानीमा सञ्चान गरिएको शाहले समिति समक्ष बयान दिएका छन् ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org