ताजा समाचार

मर्निङवाक गएका पोखरा महानगरका बरिष्ठ अधिकृत बेपत्ता : ‘घरमा परिवारको लागि केही गर्न सकिन’

 

पोखरा,१० असार ।  पोखरा लेखनाथ महानगरापालिकाका बरिष्ठ सामाजिक विकास अधिकृत तथा सूचना अधिकारी ओमराज पौडेल शनिबार विहानदेखि  बेपत्ता भएका छन् ।

शनिबार  विहान ५ बजे हरियो टिसर्ट लगाएर मर्निङवाककाे लागि घरबाट निस्केका पौडेलकाे अहिलेसम्म बेपत्ता भएका छन् ।

पौडेलले आफूले प्रयोग गर्दै अाएकाे २ वटै मोवाइल घरमै छाडेर गएकाे,साथै ‘घरमा परिवारको लागि केही गर्न सकिन’ भनेर चिट लेखेर छाडेको परिवारले जनाएको छ ।

पाैडेल  हराएपछि परिवारले  बेपत्ता भएकाे भन्दै  प्रहरी कार्यालयमा खोजीका लागि निवेदन दिएको छ । कास्की प्रहरीले शनिबार विहानैदेखि पौडेल जानसक्ने सम्भावित ठाउँहरुमा खोजी गरिरहेको छ ।पाैडेलकाे  पत्ता नलागेसम्म खोजी जारी राख्ने कास्कीका प्रहरीले जानकारी दिएकाे छ ।

 

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org