ताजा समाचार

प्रतिनिधिसभाको बैठकमा सांसदहरुले आफ्नो सुझाव राख्दै : कस्ता छन् त सुझाव ?

 

काठमाडौँ, ११ असार । प्रतिनिधिसभाको विनियोजन विधेयक,२०७५ को विभिन्न शीर्षकमाथि छलफल जारी रहेकाे छ ।

अाज भैरहेकाे प्रतिनिधिसभाको बैठकमा ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालय, परराष्ट्र मन्त्रालय र गृहमन्त्रालयको विभिन्न शीर्षकमाथि सांसदहरुले आ–आफ्नो धारणा व्यक्त गरिरहेका छन् ।

नेपाल कम्युनिष्ट पार्टीका सांसद नवराज सिलवालले सुरक्षा क्षेत्रमा पुनःसंरचनाको आवश्यकता रहेकाले सुरक्षा चुस्त र मजबुत बनाउनअावश्यक रहेकाे सुझाव दिएका छन्

नेकपाका सांसद पुष्पाकुमारी कायस्थ कर्णले रात्रिकालीन व्यवसाय र फुटपाथ व्यापारलाई प्रवद्र्धन गर्ने कार्यक्रम ल्याउन सुझाव दिएकी छिन् भने नेपाली काँग्रेस सांसद पद्मनारायण चौधरीले नेपाल प्राकृतिक ऊर्जाले भरिपूर्ण भए पनि देशले  मुहार फेर्न नसकेकाे र यसलाई राम्राे सदुपयाेग गरे देशले उन्नति गर्न सक्ने सुझाव दिएका छन् ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org