ताजा समाचार

टर्कीको राष्ट्रपतिमा एड्रोगान पुनः निर्वाचित, विपक्षीद्वारा हार स्वीकार

इस्तानबुल, ११ असार। टर्कीका राष्ट्रपति रेसेप तैयप एड्रोगान हालै सम्पन्न राष्ट्रपतिको निर्वाचनमा पुनः निर्वाचित भएका छन् ।

थप पाँच बर्षका लागि उनी फेरी शक्तिमा अाएकाे भन्दै सोमबार टर्की भरी खुशीयाली मनाइएको छ ।
उनी दोस्रो कार्यकालका लागि संसदमा समेत अत्यधिक मतका साथ विजयी भएकाे विदेशी सञ्चार माध्यमहरूले जनाएका छन् ।

गत सन् २०१७ को अप्रिलमा संविधान संशोधन गरी मुलुकलाई राष्ट्रपतीय प्रणालीमा लैजाने व्यवस्था गरिएको छ । राष्ट्रपतीय प्रणालीसँगै राष्ट्रपतिको अधिकार धेरै दिइएकाले तानाशाही हुन थालेको विपक्षीको आरोप छ ।

न्याय तथा विकास पार्टी (एकेपी)को कार्यालयमा आयोजित विजय सभालाई कार्यालयको बार्दीलीबाट सम्वोधन गर्दै ६४ बर्षिय एड्रोगानले समर्थक र शभेच्छुकहरूप्रति धन्यवाद ज्ञापन गर्नु भएको छ । “टर्कीले विश्वलाई लोकतन्त्रको पाठ सिकाएको छ,” उनले भने । सर्वोच्च निर्वाचन वोर्डले एड्रोगानको पक्षमा ५२.५ प्रतिशत मत परेको जानकारी दिएको छ । जवकी उहाँका निकटम प्रतिद्वन्द्वीले भने ३०.७ प्रतिशत मत ल्याएको जनाइएको छ ।

विपक्षीद्वारा हार स्वीकार

उनी विजयी भएको नतिजालाई विपक्षीहरूले पनि स्वीकार गर्दै मुलुक र जनताका लागि साझा व्यक्ति भएर काम गर्न सुझाव तथा शुभकामना दिएका छन् ।

प्रतिद्वन्द्वी मुहारेम इन्सले निर्वाचनको नतिजा स्विकारेको बताउदै भन्नु भएको छ, “एड्रोगानलाई बधाई छ, तपाई हामी सवैको राष्ट्रपति बन्नुहोला ।” रिपब्लिकन पिपुल्स पार्टीका नेता इन्सले आफ्ना सहयोगी र समर्थकहरुलाई पनि धन्यवाद र आभार व्यक्त गरेका छन्।

विश्वभरबाट बधाई

एड्रोगान विजयी भएकोप्रति विभिन्न देशका नेताहरूले बधाई दिदै सफलताको कामना गरेका छन् ।

पाँच बर्षका लागि फेरी उनी निर्वाचित भएकोमा रुस, इरान, सर्विया, बाेिस्नया, बोल्गरीयालगायतका देशहरुले खुशी व्यक्त गरेका छन् । रुसका राष्ट्रपति भ्लादिमिर पुटिनले निर्वाचनको नतिजा एड्रोगानको पक्षमा सशक्त रुपमा देखिएकाले टर्कीको सामाजिक तथा आर्थिक विकासका लागि काम गर्न सुझाव दिएका छन् ।

उनले देशलाई विश्वव्यापी रुपमा सकारात्मक अवस्थामा चिनाउन पनि एड्रोगानलाई शुभकामना दिए रूसको प्रमुख प्रशासनिक कार्यालय क्रेमलिनले जनाएको छ ।

अन्य देशका उनका समकक्षी तथा शीर्ष नेताहरूले पनि बधाइ सन्देश पठाउदै देश र जनताको पक्षमा काम गर्न शुभकामना दिएका छन् ।रासस÷एएफपी

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org