नाइजेरियामा अज्ञात समूहको आक्रमणबाट कम्तीमा ८६ जनाको मृत्यु
अबुजा, ११ असार।नाइजेरियाको मध्य प्रदेश प्लाटेउमा भएको आक्रमणमा परी कम्तीमा ८६ जनाको मृत्यु भएको छ । विभिन्न ठाँउमा भएका घटनाहरमा परी उनीहरूको मृत्यु भएको प्रहरी अधिकारीहरूले आइतबार जानकारी दिएका छन् ।
शंकास्पद बन्दुकधारीहरूले शनिबार राती अवेर आक्रमण गरेका हुन् । आक्रमणमा परी अरु छ जना सख्त घाइते भएका छन् भने ५० घरमा क्षति पुगेको छ ।
त्यसैगरी दुई कार र १५ मोटरसाईकल पनि पूर्ण रुपमा क्षतिग्रस्त भएको प्रहरी अधिकारीहरूको भनाइ छ ।
एक जना प्रहरी प्रवक्ताले आक्रमणको कारणका बारेमा अहिलेसम्म केही पत्ता लाग्न नसकेको जनाएका छन् । आक्रमणकारीबाट विषेश गरी गासिस जिल्लाको रजात, रुकु, न्यार, कुरा र गाना रोप गाँउलगायतका ठाँउहरू बढी प्रभावित भएका छन् । बन्दुकधारीहरूको आक्रमणबाट ११ गाँउ प्रभावित भएका हुन् ।
प्रहरीले घटनाका बारेमा अनुसन्धान प्रक्रिया अगाडी बढाइसकेको ती प्रहरी प्रवक्ताले बताए । राष्ट्रपति मोहम्मद बुहारीले सामाजिक सञ्जाल ट्वीटर मार्फत् घटनाप्रति गहिरो दुःख व्यक्त गरेका छन् । रासस÷सिन्ह्वा
Comments
अरु समाचार
-
रुसी र चिनियाँ सदाका लागि दाजुभाइ हुन्ः राष्ट्रपति पुटिन
काठमाडौं । रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले आफ्नो दुई दिने चीन भ्रमणको समापन दिनमा दुई देशबीचको सम्बन्धको उच्च प्रशंसा गर्दै रुसी...
-
भारतमा चट्याङले १२ को मृत्यु
काठमाडौं । भारतको पूर्वी राज्य पश्चिम बङ्गालमा बिहीबार चट्याङ पर्दा कम्तीमा १२ जनाको मृत्यु हुनुका साथै अन्य धेरै घाइते भएको...
-
जनकपुर–जयनगर रेल्वे सेवा तीन दिनसम्म बन्दरहने
जलेश्वर । भङ्गहा–जनकपुर–जयनगर रेल्वे सेवा आउँदो शनिबारदेखि तीन दिनसम्मको लागि बन्द रहने भएको छ ।नेपाल रेल्वे कम्पनी लिमिटेडका प्रबन्ध सञ्चालक...
-
स्लोभाक प्रधानमन्त्री फिकोमाथि भएको आक्रमण कायरतापूर्ण कार्य: प्रधानमन्त्री मोदी
काठमाडौं । भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले स्लोभाकियाका प्रधानमन्त्री रोबर्ट फिकोमाथि भएको गोली प्रहारलाई ‘कायरतापूर्ण र डरलाग्दो कार्य’ भएको निन्दा गर्दै...
-
रुसी राष्ट्रपति भ्लादिमिर पुटिन चीन भ्रमणमा
काठमाडौं । रुसी राष्ट्रपति भ्लादिमिर पुटिन आफ्नो दुई दिने राजकीय भ्रमणका लागि चीन आइपुग्नुभएको सिएनएनले जनाएको छ । मस्को र...
-
राष्ट्रपति पुटिन चीन भ्रमणमा
काठमाडौं । रुसी राष्ट्रपति भ्लादिमिर पुटिन आफ्नो दुई दिने राजकीय भ्रमणका लागि चीन आइपुग्नुभएको सिएनएनले जनाएको छ । मस्को र...
-
स्लोभाकियाका प्रधानमन्त्रीमाथि गोली प्रहार
काठमाडौं । स्लोभाकियाका प्रधानमन्त्री रोबर्ट फिकोमाथि गोली प्रहार गरिएको छ । बीबीसीका अनुसार प्रधानमन्त्री फिको गाडीमा बस्न जाने बेलामा उनीमाथि...
-
खार्किभ क्षेत्रका केही भागबाट युक्रेनी सेना फिर्ता
काठमाडौं । गत सातादेखि रूसी सेना सीमातर्फ अगाडि बढ्दै बस्तीहरूमा आक्रमण सुरु गरेपछि युक्रेनले पूर्वी खार्किभ क्षेत्रका धेरै गाउँ नजिकै...
-
नोबेल पुरस्कार विजेता साहित्यकार एलिस मुनरोको निधन
काठमाडौं ।नोबेल पुरस्कार विजेता लेखक एलिस मुनरोको निधन भएको छ । कथ्य–शैलीका कारण द क्यानडियन चेखब का रूपमा समेत परिचित...