ताजा समाचार

रुकुमेली समाजद्वारा सुर्खेतमा बधाई तथा शुभकामना कार्यक्रम सम्पन्न

सुर्खेत १२, असार। रुकुमेली सेवा समाज सुर्खेतले वीरेन्द्रनगर स्थित मध्यपश्चिमान्चल विश्वविद्यालयको साइन्स हलमा आज एक कार्यक्रमका बीच नेपाल प्रहरीको प्रहरी उपरीक्षक (एसपी)मा पदोन्नति हुनुहुने वीरवहादुर ओलीलाई बधाई तथा शुभकामना प्रदान गरेको छ ।

रुकुम प्रदेश सभा (क) बाट प्रत्यक्ष निर्वाचित सांसद रातो कामी (आर.टी.), कर्णाली प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक (डीआइजी) सुरेशविक्रम शाह, कर्णाली प्रदेश सरकार आर्थिक मामिला तथा योजना मन्त्रालयका निमित्त सचिव दिलिप केसी, सुर्खेत शिक्षा क्याम्पसका सहायक क्याम्पस प्रमुख डा.दीपक गौतम लगायतको उपस्थितिमा समाजले बधाई तथा शुभकामना प्रदान गरेको हो ।

कार्यक्रमका प्रमुख अतिथि प्रदेशसभा सांसद रातो कामी, विशेष अतिथि डीआइजी शाह र डा. गौतमले बधाई मन्तव्य राखेका थिए भने बढुवा हुने ओलीले आफ्नो अनुभूतिजन्य मन्तव्यसँगै धन्यवाद प्रकट गरेका थिए ।

समाजका अध्यक्ष जसविर रोकाको अध्यक्षतामा सम्पन्न कार्यक्रमको सन्चालन शेरबहादुर केसीले गरेका थिए ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org