ताजा समाचार

जनता बैंक नेपाल लिमिटेडले एक शाखा र ६ शाखा रहित बैकिङ्ग सेबाबाट कारोवार संचालन गर्दै

काठमाडां,१२ असार । जनता बैंक नेपाल लिमिटेडले कारोवार विस्तारको क्रममा एक नयाँ शाखा र ६ शाखा रहित बैंकिङ्गबाट कारोवार शुभारम्भ गरेको छ ।

जाजरकोट जिल्लाको छेडागाड नगरपालिका वडा नं. ५, थलहमा नयाँ शाखा खोलिएको हो । यसैगरी बाँकेको बानियभार, कैलालीको चिसापानी र स्याउलेबजार तथा कञ्चनपुरको जिमुवा र चाँदनीबाट शाखा रहित बैंकिङ्ग कारोवार सुरु गरिएको हो भने दार्चुलाको काँडापारीबाट यही आसार १४ गते देखि शाखा रहित बैंकिङ्ग कारोवार सुरु हुनेछ ।  थप १ स्थानमा भने यहि आसार १४ गतेबाट शाखा रहित बैंकिङ्ग सेवा प्रारम्भ गर्दैछ ।

थप शाखा सञ्जाल समेत गरी जनता बैंकले देश भरीबाट ११९ शाखा ४७ शाखा रहित बैंकिङ्ग, २ सिमित बैंकिङ्ग ईकाइ, २ एक्सटेन्सन काउन्टर र ६९ एटिएमबाट सेवा प्रदान गर्दै अाएकाे छ।

निक्षेप बिमा योजना :

साथै सेवा बजारमा उपलब्ध विभिन्न प्रकारका सुविधाहरुलाई मध्यनजर गरी निक्षेप ग्राहकहरुलाई अधिकतम लाभ पु¥याउने उद्देश्य सहित जनता बैंक नेपाल लिमिटेडको रु. १० लाख सम्मको दुर्घटना बिमा र बार्षिक रु. १ लाख सम्मको औषधी उपचार सुविधा सहित आकर्षक बीमा सुविधा सहितको बचत योजना ‘जनता सुरक्षा बचत खाता’ संचालनमा रहेको छ । यस योजना मार्फत ग्राहकहरुले उच्च प्रतिफल सहितको निक्षेप योजनामा सहभागी भई स्वास्थ्य उपचार सेवा समेत प्राप्त गर्न सक्नेछन् ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org