ताजा समाचार

कालीकोटको हिमचुली डेरी उद्योग बन्द किन ?

कालीकोट, १३ असार । जिल्लामा पहिलोपटक सञ्चालनमा आएको हिमचुली डेरी उद्योग बन्द भएको छ ।

हिमचुली कृषि सहकारी संस्थाले सञ्चालन गरेको उक्त डेरी उद्योग दूधको अभावमा बन्द भएको हो ।

संस्थाले २०६८ भदौमा सञ्चालनमा ल्याएको डेरी उद्योग जनशक्ति अभावका कारण २०७२ जेठमा पनि बन्द भएको थियो । कृषकले डेरीलाई भन्दा बजारमा बिक्री गर्न थालेपछि डेरीमा दूध अभाव भएको हो ।

दूध अभावका कारण डेरी बन्द गर्नुपर्ने अवस्था आएको सञ्चालक मनिचन्द बराल बताउछन् । “पहिला दैनिक ३० लिटरसम्म दूध आउने गथ्र्यो,” उनले भने, “चैत महिनायता दूधको मात्रा कम हुँदै गएकाले बन्द गर्नुपरेको हो ।”

सदरमुकाम आसपासका सिंयाला, बराँतु, गल्लीलगायतका ठाउँका कृषकले डेरीलाई दूध बिक्री गर्दैआएका थिए । डेरी उद्योग जिल्ला पशु सेवा कार्यालयको रु एक लाख अनुदान तथा युवा स्वरोजगार कार्यक्रमको रु नौ लाख लगानीमा सञ्चालनमा आएको हो ।

हिमचुली कृषि सहकारी संस्थाका लेखापाल जगेन्द्रप्रसाद आचार्यले सहकारी र स्थानीय कृषकको साझेदारीमा डेरा सञ्चालनमा जोड दिइने बताए । जिल्लामा सरकारी अनुदानमा डेरी सञ्चालन कागजमा मात्र सीमित छ ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org