ताजा समाचार

आउदो हिउँदमा पानीजहाज चढेर कलकत्ता जान पाइन्छ : प्रधानमन्त्री

काठमाडाैं १४, असार । प्रधानमन्त्री तथा नेपाल कम्युनिष्ट पार्टी (ने क पा) का अध्यक्ष केपी शर्मा ओलीले बाडेको पानीजहाजको सपना पुरा हुने जनाएका छन् ।

आगामी पुस १६ गते पानीजहाज चढेर कलकत्ता जान सकिने बताएका छन् । नेपालको पानीजहाजलाई कलकत्तामा स्वागत गरिने उनले बताए ।

सप्तरीको हनुमाननगरदेखि भारतको कलकत्तासम्म पानीजहाज चलाउने सरकारको तयारी रहेको उनले खुलाए । हिजो विरोध गर्नेको स्वर रेकर्डेड रहेको भन्दै उनले कागजका डुंगा चलाउनेले त्यसपछि के गर्छन् भन्ने प्रश्न गरे ।

जननेता मदन भण्डारीको ६७ अौँ जन्मजयन्तीका अवसरमा बिहीबार आयोजित कार्यक्रममा उनले रेल आउनबाट कसैले रोक्न नसक्ने भन्दै विमानस्थल, बाटाघाटालगायत सबै पूर्वाधार अपडेट गरिने बताए

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org