ताजा समाचार

बुद्व एयरको सिधा काठमाडौँ-वाराणसी उडान सुरु

काठमाडाैं १५, असार । बुद्ध एयरले आज देखि काठमाडौंबाट भारतको वाराणसी उडान शुरु गरेको छ ।

शुक्रबार अन्तर्राष्ट्रिय त्रिभुवन विमानस्थलमा पत्रकार सम्मेलनको आयोजना गर्दे हप्ताको २ पटक सेवा सुरु गर्न लागेको कम्पनीले जनाएको छ ।

यो उडानले नेपाल-भारत सम्बन्ध सुदृढिकरणमा सहयोग पुग्ने संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री रविन्द्र अधिकारीले बताए। उनले नेपालसँग जोडिएका भारतका प्रदेशहरुमा उडान गर्न सकिएमा नेपालमा पर्यटक आगमनको संख्या बढ्नेमा जोड दिए ।

बुद्ध एयरले अन्तर्राष्ट्रिय उडान भर्नु देशको लागि खुशीको कुरा भएको भन्दै मन्त्री अधिकारीले विमान उडानले देशको विकास र सम्बृद्धीको लागि नयाँ ठाँउमा सेवा सुरु गर्नु निकै महत्वपूर्ण भएको बताए ।

बुद्ध एयरले निगमित उडानको पहिलो दिन ४५ सिट क्षमताको एटिआर ४२ विमानबाट गरेको छ। ३८ यात्रुसहित बुद्ध एयरको ९एन–एअाइटी कलसाइन भएकाे विमान अाज दिउसो  वाराणसी उडान गरेको हो। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट उडान भरेकाे विमान  वाराणासी अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण हुने छ।

५० मिनेटको हवाई दुरीमा रहेको वाराणसी पुगेपछि यो विमानको स्वागत उत्तरप्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथले गर्नेछन् ।

बुद्धको यो विमान आजै साँझ ६ बजे नेपालका फिर्ता हुने जानकारी बुद्ध एयरले दिएको छ। यो उडानको दोहोरो भाडादर १४ हजार नेपाली रुपियाँ रहेको छ ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org