ताजा समाचार

तिम्रो बचनले भिडियो लिएर आईन गायिका शान्ता

काठमाडाैं १७, असार । ३ बर्ष अगाडि बाचा एल्बम सार्वजनिक गरेर नेपाली साँगितिक बजारमा प्रबेश गरेकी गायिका शान्ता जिसीको यस् नयाँ म्युजिक भिडियो ‘तिम्रो बचनले’ को भिडियोमा पछील्लो पुस्ताको ट्रेन्डलाई देखाईएको छ जहाँ चर्चित मोडल दिक्पाल कार्की र सम्पदा बानिया प्रस्तुत भएका छन, उनिहरुलाई बालकलाकार आयुशी लुइटेलली साथ दिएकी छिन्।

गीतमा सन्तोष श्रेष्ठको संगीत रहेको छ भने गायिका आँफैले शब्द कोरेकी छिन् । गीतमा सुदिप सागरको संगीत संयोजन रहेको छ भने रेकर्ड तथा मिक्सिङ किशोर थापाले गरेका छन ।

भिडियोलाई आर्टिस्टनेपाल स्टुडियोस एन्ड प्रोडक्सनको ब्यानरमा निर्देशक नव ढुंगेलले निर्देशन गरेका छन । संचारकर्ममा एक दशक बिताईसकेका ढुंगेल मन छुने भिडियो निर्देशनमा माहिर छन । उनले ८० को हाराहरीमा म्युजिक भिडियो तथा १ दर्जन टेलिभिजन कमर्सियल निर्माण गरिसकेका छन । त्यस्तै भिडियोलाई अमृत सुनुवारले छाँयांकन गरेका छन भने माधव बेल्बासेले संपादन गरेका छन ।

बुटवलको बागेश्वरी संगित बिद्यालयमा सात बर्ष संगीतको प्रशिक्षण लिएर संगितमा पाईला चालेकी शान्ताको यसअघी बाचा ,तिज गीत टोकियोमा किनेको साडी, बरिलै लगायतका भिडियो सार्वजनिक छन ।

युवापुस्ताहरु रिलेसनशिपमा बस्ने ट्रेन्ड नै छ । परिवारबाट टाढा रहेर साथ सहयोगको आशा लिएर रिलेशनशिपमा बस्ने जमातमा देखा पर्ने समस्याको एउटा रुपलाई मन छुने ढंगबाट म्युजिक भिडियो मार्फत निर्देशक नव ढुंगेलले देखाएका छन ।

हेर्नुहोस् भिडियो

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org