ताजा समाचार

करेन्ट लागेर मृत्यु

भीमदत्तनगर, १७ असार । कञ्चनपुरको भीमदत्तनगरपालिकामा आज करेन्ट लागेर एकको मृत्यु भएको छ भने चार जना घाइते भएका छन् ।

भीमदत्तनगरपालिका–३ मालिकार्जुन टोलमा बिजुलीको नयाँ खम्बा हाल्ने क्रममा करेन्ट लागेर कञ्चनपुर, लालझाँडी गाउँपालिका–५ देखतभुलीका २४ वर्षीय शिवराज रानाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता ज्ञानबहादुर सेटीले जानकारी दिए ।

सोही क्रममा देखतभुलीका जयना राना र समीर चौधरी तथा कृष्णपुर नगरपालिका–६ का अनिल चौधरी र कैलालीको धनगढी उपमहानगरपालिका–१६ उर्माका बालकृष्ण चौधरी घाइते भएका छन् । शिवराजलाई उपचारका लागि महाकाली अञ्चल अस्पताल लैजाँदै गर्दा बाटामै मृत्यु भएको थियो । घाइतेको महाकाली अञ्चल अस्पतालमा उपचार भइरहेको छ ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org