ताजा समाचार

हात्तीको आक्रमणबाट मृत्यु

उर्लाबारी, मोरङ, १८ असार ।  बेलबारी नगरपालिका– १० लक्ष्मीमार्गमा जंगली हात्तीको आक्रमणबाट आज एक मजदुरको मृत्यु भएको छ ।

हात्तीको आक्रमणबाट पूर्व–पश्चिम राजमार्गमा मर्मत सम्भार र सरसफाइको काम गर्दै आएका जहदा गाउँपालिका–४ का ५५ वर्षीय रघु महतोको मृत्यु भएको प्रहरी नायब उपरीक्षक निशान थापाले जानकारी दिए ।

राजमार्ग किनारमा टेण्टभित्र सुतिरहेको अवस्थामा जंगलबाट निस्किएको हात्तीले महतोलाई आक्रमण गरेको थियो । उनको घट्नास्थलमै मृत्यु भएको थियो । महतोसँगै सुतेका अन्य दुईजनाले भागेर ज्यान जोगाएका थिए ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org