ताजा समाचार

मेक्सिकोलाई पराजित गर्दै ब्राजिल क्वाटरफाइनलमा प्रवेश

काठमाडाैं १८, असार । ब्राजिल विश्वकप फुटबलको क्वाटरफाइनलमा प्रवेश गरेको छ । मेक्सिकोलाई २–० गोलअन्तरले पराजित गर्दै ब्राजिल क्वाटरफाइनलमा प्रवेश गरेको हो ।

मध्यान्तरसम्म बिना कुनै गोल बराबरी रहेको खेलमा ५१ औँ मिनेटमा नेमारले गोल गरेका थिए। विलियनको क्रसमा एल ट्रिले गोल गर्न नसकेपनि नजिकै रहेका नेमारले बललाई जालीभित्र पसाउन सफल भए।

८८ औँ मिनेटमा दोस्रो गोल भने नेमारकै पासमा फर्मिनोले गरे।

योसँगै मेक्सिकोविरुद्ध विश्वकपमा भएका पाँच खेलमा ब्राजिलले चार जित र एक बराबरी गर्न सफल भएको छ। मेक्सिकोले भने ब्राजिलविरुद्ध अहिलेसम्म गोल गर्न सकेको छैन।

मेक्सिकोलाई पराजित गरेसँगै ब्राजिल क्वाटरफाइनलमा प्रवेश गरेको छ भने मेक्सिको विश्वकपबाट बाहिरिएको छ ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org