वर्षाका कारण रोकिएको जुफाल विमानस्थल सञ्चालनमा आयो
त्रिपुराकोट, डोल्पा, २० असार । हिमाली जिल्ला डोल्पामा रहेको जुफाल विमानस्थल आजदेखि सञ्चालनमा आएको छ । लगातारको वर्षाका कारण चार दिनदेखि उक्त विमानस्थल अवरुद्ध भएको थियो ।
वर्षाका कारण बादल र कुहिरोले अवरुद्ध रहेको नेपालगञ्ज–डोल्पाको हवाई मार्गमा बादल फाटेर आकाश खुलेपछि विमान सञ्चालन भएको जुफालस्थित नागरिक उडड्यन प्राधिकरणको कार्यालयले जनाएको छ ।
आज समिट एयरले एउटा उडान गरे पनि तारा, सीता र नेपाल एयरलाइन्सले भने उडान गरेनन् । समिट एयरलाइन्सले एउटा उडान गरे पनि विमानस्थलमा यात्रुको चाप भने दिनप्रतिदिन बड्दै गएको तारा एयरका कर्मचारी देवेन्द्र शाहीले जानकारी दिए ।
लगातार वर्षाका कारण दैनिक हवाइ उडान अवरुद्ध हुन थालेपछि कतिपय सर्वसाधारण समयमै गन्तव्यसम्म पुग्न जोखिम मोल्दै पैदलयात्रा तय गर्न बाध्य भएको पनि उनले बताए ।
जुफाल विमानस्थलमा तारा, समिट, नेपाल वायुसेवा निगम लगायतका सरकारी तथा निजी विमान कम्पनीले उडान भर्दै आएका छन् ।
डोल्पा सदरमुकाम दुनै अझैपनि राष्ट्रिय सडक सञ्जालमा नजोडिएकाले जिल्ला बाहिर आवतजावत गर्नेदेखि दैनिक उपभोग्य वस्तुको ढुवानीका लागि समेत हवाईजहाजकै भर पर्नुपर्ने बाध्यता यथावत छ ।
Comments
अरु समाचार
-
दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिताको तयारीमा कर्णाली, व्यवस्थापन र पूर्वाधार निर्माणको दबाब
काठमाडौं । कर्णालीमा आगामी मङ्सिर २–९ गतेसम्म हुने दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिताको समय आउन अब करिब दुई महिना बाँकी छ...
-
जुम्लाका दुई पाटनमा चट्याङ पर्दा ७५ भेडा मरे
काठमाडौं। जुम्लाका छुट्टा छुट्टै पाटनमा एकैदिन परेको चट्याङमा परी ७५ भन्दाबढी भेडा मरेका छन् । जुम्लाको पातारासी गाउँपालिको चेप्टे पाटन...
-
कर्णालीका मुख्यमन्त्री कँडेलले साउन २१ गते विश्वासको मत लिने
काठमाडौं । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले साउन २१ गते सोमबार दोस्रो पटक विश्वासको मत लिने भएका छन् । मुख्यमन्त्री...
-
बागमती र सुदूरपश्चिम प्रदेशका केही स्थानमा भारी वर्षा, बाँकीमा मध्यम
काठमाडौँ । जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल देशभर मनसुनी वायुको प्रभाव रहेको जनाएको छ । मनसुनको...
-
देशका विभिन्न ठाउँमा मेघगर्जन र चट्याङसहित वर्षा
काठमाडौं– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल कोशी, मधेश, बागमती र गण्डकी प्रदेशका अधिकांश भूभाग तथा लुम्बिनी...
-
मध्य तथा पश्चिम तराईमा तातो लहरको चेतावनी
काठमाडौं । जल तथा मौसम विज्ञान विभागले आगामी तीन दिन (जेठ ३२ देखि असार २ गतेसम्म) मध्य तथा पश्चिम तराईमा...
-
आजदेखि सातवटै प्रदेशमा ‘श्रमाधान रोजगार मेला’
काठमाडौं । सरकारले आजदेखि सातवटै प्रदेशमा ‘श्रमाधान रोजगार मेला’ आयोजना गर्दैछ । सबै प्रदेशमा रोजगारदाता र श्रमिकहरूलाई एक ठाउँमा ल्याएर...
-
कोशी, कर्णाली, सुदूरपश्चिम र गण्डकी प्रदेशमा चट्याङसहित हल्का वर्षा
काठमाडौँ । नेपालमा हाल स्थानीय र पश्चिमी वायुका साथै विहार आसपासको क्षेत्रमा रहेको न्यूनचापीय प्रणालीको आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान...
-
केही पहाडी उच्च स्थानमा हिमपात र केही ठाउँमा वर्षा
काठमाडौं । जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल नेपालमा स्थानीय र पश्चिमी वायुका साथै भारतको बिहार आसपास...