ताजा समाचार

मुस्ताङमा मजदुर बोकेको ट्रिपर दुर्घटना १५ को मृत्यु १७ घाइते

काठमाडाैं २२, असार । मुस्ताङको स्याङ्बोचेमा ट्रिपर दुर्घटना हुँदा ठूलो मानविय क्षति भएको छ ।

सडक निर्माण गर्ने मजदुर बोकेर हिँडेको बिरुवा कन्स्ट्रक्सनको बा २ ख २२१९ नम्बरको ट्रिपर दुर्घटना भएको हो ।

ट्रिपर दुर्घटनामा १५ जनाको मृत्यु भएको छ, भने १७ जना घाइते भएका छन् । कालीगण्डकी सडक आयोजनाका काम गर्ने मजदुर दुर्घटनामा परेको  जिल्ला प्रहरी कार्यालय मुस्ताङका डिएसपी महेन्द्र खड्काले बताए ।

उनका अनुसार मर्नेमा ११ पुरुष तथा ४ महिला रहेका छन् ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org