ताजा समाचार

पुनर्निर्माण प्राधिकरणका सिईओ भुसाल पदमुक्त, आजै उनलाई विदाइ गरिने

काठमाडौं २४, असार । राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत (सिईओ) युवराज भुसाल पदमुक्त भएका छन् ।

निर्वाचन आचारसंहिता लागू भएपछिका नियुक्ति खारेज गर्ने मन्त्रिपरिषद्को निर्णयसँगै सिईओ भुसाल पनि जिम्मेवारीमुक्त भएका हुन् । यो निर्णयपछि सबैलाई असार २० गतेबाट लागू हुने गरी पत्र पठाइएको थियो ।

प्राधिकरणले आज दिउँसो १ बजे एक कार्यक्रम गरेर सिइओ भुसाललाई विदाइ गर्न लागेको प्राधिकरणका सूचना अधिकारी मनोहर घिमिरेले जानकारी दिए ।

भुसाल गत वर्षको कार्तिक ६ गते प्राधिकरणको प्रमुख कार्यकारी अधिकृत पदमा नियुक्त भएका थिए ।

तीन वर्षयता प्राधिकरणको नेतृत्व चार पटक फेरिएको छ ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org