ताजा समाचार

सशस्त्र प्रहरीका महानिरीक्षक खनाललाई पितृशोक

काठमाडौँ २५, असार । सशस्त्र प्रहरी प्रमुख शैलेन्द्र खनाललाई पितृशोक परेको छ ।

सोमबार विहान पौने ९ बजे खनालका पिता डा. टिकाराम शर्मा खनालको काठमाडौंको धापासीस्थित ग्रान्डी हस्पिटलमा निधन भएको हो ।

पारिवारिक स्रोतका अनुसार डा. खनाललको शवलाई अहिले अनामनगरस्थित निजी निवासमा राखिएको छ । मध्यान्ह १ बजे दाहसंस्कारका लागी पशुपती आर्यघाट लगिने छ ।

पूर्व प्रशासक समेत रहेका ७६ बर्षिय खनालले सह–सचिवबाट अवकास पाएका थिए । केही दिनअघि देखि स्वास्थ्यमा समस्या आएपछि उनलाई अस्पताल भर्ना गरिएको थियो ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org