ताजा समाचार

मुस्ताङ ट्रिपर दुर्घटना: मृतकका परिवारलाई ५ लाख दिने सरकारको घोषणा

काठमाडौं २५, असार । मुस्ताङमा भएको ट्रिपर दुर्घटनामा परि मृत्यु भएका २० जना श्रमिकका परिवारलाई सरकारले प्रतिव्यक्ति ५ लाख रुपैयाँ राहात दिने भएको छ ।

सोमबार भएको संसदको बैठकमा सांसदहरुले उठाइका प्रश्नहरुको जवाफ दिदै गृहमन्त्री रामबहादुर थापाले उक्त जानकारी गराएका हुन् ।

लोमान्थाङ सडक निर्माणका क्रममा खाना खाएर ट्रिपर चढेर काम गर्न जाँदै गर्दा दुर्घटना हुँदा २० जनाको घटनाःथलमै मृत्यु भएको थियो । बैठकमा गृहमन्त्री थापाले घटनापछि १२ जना घाइतेको मणिपाल अस्पतालमा उपचार भइरहेको पनि जानकारी दिए । उनले घाइतेहरु खतरामुक्त रहेको पनि जानकारी दिए ।

मृतकको शव सम्बन्धित जिल्लामा नै पोस्टमार्टम गरी परिवारलाई जिम्मा लगाइने प्रयोजनका लागि सेनाको एमआइ हेलिकप्टरको व्यवस्था मिलाएको पनि गृहमन्त्री थापाले जानकारी दिए ।

मुस्ताङको  स्याङ्बोचेमा खाना खाएर तामाखोलामा काम गर्न जाँदा मजगुरहरु बोकेर फर्किदै गरेको बिरुवा कन्स्ट्रक्सनको बा २ ख २२१९ नम्बरको ट्रिपर दुर्घटनामा परेका थियो ।

 

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org