ताजा समाचार

कान्तिपुर र द काठमाडाैं पोस्टका सम्पादकद्वारा संयुक्त राजीनामा

काठमाडाैं २६, असार । कान्तिपुर दैनिकका प्रधान–सम्पादक सुधीर शर्मा र द काठमाडौं पोस्टका अखिलेश उपाध्यायले राजीनामा दिएका छन् ।

दुवै सम्पादकको राजिनामाका बारेमा उनीहरुले आआफ्नो समाचार कक्षमका पत्रकारलाई जानकारी गराएको जनाइइएको छ । यसबारे व्यवस्थापनबाट बुधबार औपचारिक जानकारी आउने उनीहरूले बताएका थिए ।

दुवै सम्पादकको केही समयदेखि व्यवस्थापनसँग मतभिन्नता रहेको र पछिल्ला दिनमा दुवै पक्षबीच छलफल भए पनि सहमतिमा पुग्न नसकेको कान्तिपुरका पत्रकार बताउँछन्।

अनौपचारिक रुपमा भारतीय लगानीकर्ता कान्तिपुर हाउसमा भित्रिएको विषय केही दिन यता चर्चामा रहेको भए पनि सम्पादकहरुले त्यसबारे औपचारिक मिटिङमा मुख खोलेनन् । उनीहरुले भोलि औपचारिक रुपमा राजिनामा घोषणा गर्ने सहकर्मीहरुलाई जानकारी दिएका हुन् । काम गर्ने परिस्थिति नभएकाले छाड्न लागेको मात्र उनीहरुले बताएका छन् ।

कान्तिपुरका पूर्व सम्पादक नारायण वाग्ले र काठमाडौं पोस्टका प्रतीक प्रधानले सन् २००८ मा राजीनामा दिएपछि शर्मा र उपाध्यायले १० वर्षदेखि पत्रिकाको नेतृत्व सम्हाल्दै आएका थिए।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org