ताजा समाचार

नेकपाको सचिवालय बैठक सुरु, नियमावली टुंगो लगाइँदै

काठमाडौँ २७, असार । नेपाल कम्युनिष्ट पार्टीको नियमावलीलाई अन्तिमरुप दिनका लागि सचिवालयको बैठक प्रधानमन्त्री निवास बालुवाटारमा बसिरहेको छ ।

पार्टी एकतापछि अन्तरिम विधानबमोजिम नियमावली पारित गरेर मातहतका संगठनको एकता प्रक्रिया अघि बढाउन सचिवालयको बैठक बसेको हो ।

केन्द्रमा दुई दल एकीकृत भए पनि नियमावली नबन्दा तल्ला तहहरूमा पार्टी एकीकरण हुन सकेको छैन। सांगठानिक संरचनाको निश्चित नहुँदा स्थानीय स्तरमा एकीकरण प्रक्रिया अघि नबढेको हो। एकीकरण प्रक्रियाबाट लागि प्रदेशगत रूपमा समिति भने गठन भइसकेका छन्।

असार २ गतेको स्थायी समितिमा पेस भएको नियमावली असार २३ मा सचिवालय बैठकमा पेस भएको थियो। सचिवालय बैठकले निमायवलीमा प्राप्त सुझाव अनुसार परिमार्जनसहितको प्रतिवेदन तयार पार्न तीन सदस्यीय समिति बनाएको थियो।

स्थायी कमिटीको बैठकमा प्राप्त सुझावका आधारमा नियमावलीको अन्तिम मस्यौदा तयार गर्न नेता वामदेव गौतम, रामबहादुर थापा र विष्णु पौडेल रहेको कार्यदलले प्रतिवेदन बुझाइसकेको छ ।

नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र) बीच गत जेठ ३ गते एकता भई नेकपा गठन भएको थियो । एकताको तीन महिनाभित्र प्रदेश, जिल्ला कमिटी, प्रवास र जनसंगठनको एकता सक्ने पार्टीको घोषणा छ ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org