भीमदत्त नगरपालिकाले गर्यो सेफ हाउस सञ्चालन
कञ्चनपुर २७ असार । भीमदत्त नगरपालिकामा हिंसापीडित महिला र बालबालिकाका लागि अल्पकालीन नगर सेवा केन्द्र(सेफ हाउस) सञ्चालन गरिएको छ ।
भीमदत्त नगरपालिका कार्यालयको सहयोगमा शुभलक्ष्मी महिला कृषि बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडले भीनपा–४ कवर्ड हल नजिक सेफ हाउस सञ्चालन गरिएको हो ।
सञ्चालनमा आएको सेफ हाउस सञ्चालनका लागि दुई कर्मचारी राखिएका छन् । भीमदत्त नगरपालिकाले सेफ हाउसका लागि सहकारीलाई अनुदान दिने सम्झौता गरिएको छ ।
सेफ हाउसले हिंसामा परेका महिला र बालबालिकालाई समस्यामा परेको बेलामा राहत दिने नगरपालिकाका उपप्रमुख सुशीला चन्द सिंहले बताउनुभयो । भीनपाको महिला तथा बालबालिका समाज कल्याण उपशाखा प्रमुख डम्मरा पन्त लेखकले हिंसामा परेका महिला र बालबालिकालाई न्याय नपाएर समाजमा पुनःस्थापन नहुँदासम्म सेफ हाउसमा राखिने बताए ।
अल्पकालीन नगर सेवा केन्द्र सञ्चालनसम्बन्धी कार्यविधि २०७४ का आधारमा सञ्चालन गरिएको सेफ हाउसका लागि असारसम्म अनुदान दिने सम्झौता गरिएको छ ।
यसअघि महिला तथा बालबालिका कार्यालयको अनुदानमा कार्यालय नजिक सेफ हाउस सञ्चालनमा थियो । स्थानीय तह निर्वाचनपछि विषयगत कार्यालय स्थानीय तहमा आएपछि आर्थिक स्रोत नभएर सेफ हाउस बन्द गरिएको थियो ।
Comments
अरु समाचार
-
अदुवा उत्पादक कृषक मारमा
काठमाडौं । समयमा नै पानी नपरेपछि समय घर्किने भयले अदुवा उत्पादक कृषक चिन्तामा परेका छन् । बैशाख दोस्रो साताभित्र अदुवा...
-
देशलाई अस्थिरताबाट जोगाउन, ठूला दलबीच सहकार्य आवश्यक छ : प्रमुख सचेतक लेखक
कांग्रेस संसदीय दलका प्रमुख सचेतक रमेश लेखकले देश राजनीतिक अस्थिरतामा फसेको बताएका छन्। प्रेस युनियन कञ्चनपुर शाखाले सोमबार बिहान महेन्द्रनगरमा...
-
चोरले एक तोला सुन निलेपछि
काठमाडौं । पाँचथरमा चोरी गर्न गएका एक व्यक्तिले एक तोला सुन निलेको पाइएको छ । चोरी गर्न गएका फिदिम नगरपालिका–१...
-
संविधानमा व्यवस्था गरेका मौलिक हकहरु व्यवहारमा कार्यान्वयन हुन सकेनन्ः मन्त्री शर्मा
काठमाडौँ । सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले संविधानमा व्यवस्था गरेका मौलिक हकहरु व्यवहारमा कार्यान्वयन गर्न नसकेको बताएका छन् ।...
-
बाँकेमा पाँच हजार हेक्टर वनमा डढेलो
काठमाडौं । बाँकेका विभिन्न सामुदायिक वन र चक्ला वनको पाँच हजार एक सय ३३ हेक्टर क्षेत्रफलमा डढेलो लागेको छ ।...
-
क्याबिनेट बैठक अपरान्ह बस्दै
काठमाडौँ। आज मन्त्रीपरिषद्को बैठक बस्दै छ । बैठक आज अपरान्ह ४ बजे सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयमा बस्ने प्रधानमन्त्री सचिवालयले जनाएको...
-
खडेरीले सुक्न थाल्यो मकै
काठमाडौं । झापामा लामो खडेरीले खेतमै बाली सुक्न थालेपछि झापाका किसान चिन्तामा छन् । घोगा लाग्ने बेलामा खडेरीले मकै बालीमा...
-
नेपालीको औसत आयु ७१ दशमलव तीन वर्ष
काठमाडाैँ । राष्ट्रिय जनगणना २०७८ सँग सम्बन्धित ‘जनसङ्ख्या साक्षरता’ र ‘जनसाङ्खिक सूचक’ पुस्तक सार्वजनिक गर्दै तथ्याङ्क कार्यालयले उक्त तथ्य सार्वजनिक...
-
आज बागमती प्रदेशमा सार्वजनिक बिदा
काठमाडौं । बागमती प्रदेश सरकारले आज (सोमबार) प्रदेशभर सार्वजनिक बिदा दिएको छ । बागमती सरकारले नेपाली भाषाको अतिरिक्त तामाङ भाषा...