ताजा समाचार

मौद्रिक नीति सार्वजनिक, व्यापारीले एक महिनासम्मका लागि एकमुष्ठ सुन किन्न पाउने (मौद्रिक नीतिको पूर्णपाठ)

काठमाडौं २७, असार । नेपाल राष्ट्र बैंकले माैद्रिक नीति सार्वजनिक गर्दै सुनचाँदी व्यवसायीले एक महिनासम्मको लागि एकमुष्ठ सुन किन्न पाउने जनाएको छ ।

नेपाल राष्ट्र बै‌ंकले ल्याएको आर्थिक वर्ष २०७५/७६ को मौद्रिक नीतिमा व्यापारीले एकमुष्ट सुन किन्न पाउने व्यवस्था गरिएको हो ।

वाणिज्य बैंकहरुले सुन आयात गर्दा दैनिक आयात गर्न तोकिएको सीमाभित्र रही एक महिनासम्मको आयात गर्न पाइने परिमाण व्यापारीले उक्त महिनाको जुनसुकै समयमा वा एकमुष्ठ आयात गरी बिक्री वितरण गर्न सक्ने व्यवस्था मिलाइने जनाइएको छ ।

त्यस्तै, नेपाल राष्ट्र बैंकले निक्षेपमा दिने र कर्जामा लिने ब्याजको अन्तर (स्प्रेड) दर घटाएको छ । आगामी आर्थिक वर्षको मौदि्रक नीतिमार्फत पाँच प्रतिशत रहेको स्प्रेड दरलाई ४.५ प्रतिशतमा झारिएको हो ।

अब बैंकहरुले निक्षेप लिँदा दिइने ब्याज र ऋणमा लगाउँदा लिइने ब्याजको अन्तर ४.५ प्रतिशत मात्रै हुनेछ । यसअघि ५ प्रतिशत अन्तरमा ब्याज राखेर ऋण प्रवाह गरिँदै आएको थियो ।

केन्द्रीय बैंकले आज अपराह्न सार्वजनिक गरेको उक्त नीतिप्रति निजी क्षेत्रका उद्यमी व्यवसायी तथा बैंक र वित्तीय क्षेत्रका अधिकारीले मिश्रित प्रतिक्रिया दिएका छन् ।

हेर्नुहोस माैद्रिक नीति:

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org