ताजा समाचार

प्रधानमन्त्री आेलीको निर्देशन काठमाडाैंका खाल्डाखुल्डी तत्काल पूर्नु

काठमाडौं २७, असार । प्रधानमन्त्री केपी शर्मा ओलीले उपत्यकाका सडकका खाल्डाखुल्डी तत्काल पुर्न निर्देशन दिएका छन् । साथै कलंकी-थानकोट र चाबहिल-बौद्ध-जोरपाटीको निर्माण कार्य ढिलासुस्ति को भएको दुरावस्थाप्रति चिन्ता व्यक्त गरेका छन् ।

प्रधानमन्त्री ओलीले देशभरका सबै सडक, ढल तथा अन्य पूर्वाधार निर्माण गर्दा आधुनिक, प्रविधिमैत्री र गुणस्तरीय बनाउन समेत निर्देशन दिएका हुन् भौतिक पूर्वाधार तथा यातायात मन्त्री, सचिव लगायतलाई बोलाएर यसबारे चासो राखेका छन् । उनले कलंकी-थानकोट र चाबहिल-बौद्ध-जोरपाटी सडकको अवस्था तत्काल सुधार गर्न निर्देशन दिएका छन् ।

छलफलका क्रममा भौतिक पूर्वाधार तथा यातायात मन्त्री रघुवीर महासेठले कलंकी–थानकोट, चाबहिल–बौद्ध– जोरपाटी सडक र उपत्यकाका सडकका खाल्डाखुल्डीको व्यवस्थापन ५० दिनभित्र महसुस हुने गरी सुधार आउने बताएका छन्।

प्रधानमन्त्रीले उपत्यकाका सडकका खाल्डाखुल्डी पुर्न पनि निर्देशन दिएको प्रधानमन्त्री कार्यालयका प्रवक्ता विनोदबहादुर कुँवरद्वारा जारी विज्ञप्तिमा उल्लेख छ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org