ताजा समाचार

भक्तपुर जलमग्न एकै परिवारका ३ काे मृत्यु, हेर्नुहोस ९ फोटोमा भक्तपुरको स्थिति

काठमाडौ २८, असार । हिजो रातीदेखि परेको अविरल वर्षाका कारण काठमाडौ उपत्यकाको जनजीवन अस्तव्यस्त बनेको छ ।

उपत्यकाको भक्तपुर डुबानमा परेको छ । अहिले नेपाली सेनाको टोलीले डुंगा र क्रेनको सहयोगले उद्दार कार्य गरिरहेको छ भने, भक्तपुर हुँदै बाहिरिने यातायातका साधन ठप्प रहेका छन् ।

भक्तपुर कै चागुनारायणमा ढिस्को खस्दा एकै परिवारका तीन जनाको निधन भएको भक्तपुर प्रहरीले जनाएको छ ।

चाँगुनारायण नगरपालिका वडा नम्बर ७, मजुवा टोलका हिराबहादुर लामाको घर भत्कँदा एकै परिवारका तीन जनाको मृत्यु भएको हो। ७० वर्षीय लामासहित उनकी श्रीमती ६५ वर्षीया पानमाया लामा र उनीहरूकै नातिनी अढाई वर्षकी सम्पदा लामाको मृत्यु भएको प्रहरीले जनाएको छ।

टहरो घरमा सुतिरहेका उनीहरू सुतिरहे कै अवस्थामा घर भत्किदा बिहीबार बिहान मृत अवस्थामा फेला परेका थिए ।

यस्तै वर्षाका कारण वाग्मती र हनुमन्ते खोलामा बाढी आउँदा काठमाडौं र भक्तपुरका केही ठाउँ डुबानमा परेका छन्।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org