औद्योगिक क्षेत्रको कामले गति पायो
भीमदत्तनगर २९,असार।प्रदेश नं ७ अन्तर्गत कञ्चनपुरको बेदकोट नगरपालिकामा स्थापना हुने दैजी छेला औद्योगिक क्षेत्र निर्माणको कामले गति पाएको छ ।
लामो समयदेखि थाती रहेको औद्योगिक क्षेत्र निर्माणका लागि स्थानीय तह नेतृत्वले सक्रियता देखाएपछि कामले गति पाएको हो । यहाँको निजी क्षेत्रले औसरकारलाई स्थापनाका लागि दबाब दिँदै आएको छ ।
स्थानीय तहको निर्वाचनपछि प्रस्तावित औद्योगिक क्षेत्र निर्माणस्थलमा धेरैपटक सर्वेदेखि पछिल्लो समय सम्बन्धित मन्त्रीसमेतले अनुगमन गरेका छन् । औद्योगिक क्षेत्र स्थापनाको काम तत्काल अगाडि बढाउन खटिएका बेदकोट नगरपालिकाका नगरप्रमुख अशोककुमार चन्दले औद्योगिक क्षेत्र निर्माणको काम अघि बढेको जानकारी दिए।
“विभिन्न मन्त्रालयमा स्वीकृत लिनेदेखि प्रक्रिया मिलानका काम सबै सकिएर व्यवसायीसँग उद्योग स्थापनाका लागि आग्रह गरिएको छ ।” नगर प्रमुख चन्दले भने “औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेड पनि निकै अग्रसर भएको छ ।”
व्यापारी व्यवसायीलाई उद्योगको किसिमसहित आगामी साउन १७ गतेभित्र आवेदन फारम बुझाउन आग्रह गरिएको नगरप्रमुख चन्दको भनाइ छ । उद्योग स्थापनाका लागि सूचना जारी भइसकेको जानकारी दिँदै उनले वातावरणीय प्रभाव मूल्याङ्कन र औद्योगिक क्षेत्रको विस्तृत प्रतिवेदनको काम अन्तिम चरणमा रहेको बताए ।
“दुवै रिपोर्टको काम सकिनै लाग्यो,” चन्दले भने, “काम सकिएपछि रिपोर्ट उद्योग मन्त्रालयमा पेश गरिनेछ ।” उहाँले औद्योगिक क्षेत्र स्थापनाको काम अब दु्रत गतिमा अघि बढ्ने बताए । औद्योगिक क्षेत्र स्थापनाको काम लामो समय वन तथा वातावरण मन्त्रालयमा अड्किएको थियो ।
एक साताअघि मन्त्रालयले औद्योगिक क्षेत्र स्थापनाका लागि औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेडका नाममा २९३ बिघा जग्गा दर्ता गरी वातावरणीय प्रभाव मूल्याङ्कन अध्ययन गर्न सहमतिसमेत दिएको थियो । उक्त कार्यका लागि गत असार १५ गते वन तथा वातावरण मन्त्रालयमा मन्त्रिस्तरीय निर्णयबाट सहमति प्रदान गरिएको थियो ।
बेदकोट नगरपालिकामा रहेको दैजी छेला औद्योगिक क्षेत्र निर्माणका लागि विस्तृत आयोजना प्रतिवेदन (डिपिआर) निर्माणसमेत भइसकेको छ । विसं २०५२ मा जिल्ला वन समन्वय समिति र साविकको दैजी गाविसको निर्णयबमोजिम दैजीका वडा नं ५ र ६ हाल बेतकोट नगरपालिकाको वडा नं २ र ३ को छेला आसपासको क्षेत्रमा औद्योगिक क्षेत्र स्थापना हुनेछ ।
विसं २०५६ असारमा जिल्ला वन समन्वय समितिले छेलामा स्थापना हुने औद्योगिक क्षेत्रलाई आवश्यक जमीन उपलब्ध गराउने सहमति गरेको थियो । छेला औद्योगिक क्षेत्रका लागि २०७१ पुसमा औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेडले पूर्व सम्भाव्यता अध्ययन गरेको थियो । दैजी छेला औद्योगिक क्षेत्रभित्र खाद्य, वन तथा कृषि, धातु, प्लाष्टिक, इन्जिनियरिङ र फेब्रिकेटिङ, मिनरल वाटर, कागज, सिमेन्ट, छडलगायतका १०० वटा उद्योग स्थापना गर्न सकिने छ
Comments
अरु समाचार
-
हेटौँडा कला महोत्सव जेठमा
काठमाडौं । कला क्षेत्रको महत्व बुझाउने उद्देश्यले आगामी जेठमा ‘हेटौँडा कला महोत्सव’ आयोजना हुने भएको छ । स्यार्टडे प्लेन आर्टको...
-
सदनलाई बाधारहित सञ्चालन गर्न सभामुखको आग्रह
काठमाडौं । सभामुख देवराज घिमिरेले आह्वान गर्नुभएको प्रमुख राजनीतिक दलका शीर्ष नेताहरुको बैठकमा प्रतिनिधिसभाको बैठकलाई नियमितरुपमा बाधारहित सञ्चालन गर्ने विषयमा...
-
चितवनमा बाघ र गैँडा मृत फेला
काठमाडौं । चितवन राष्ट्रिय निकुञ्जमा आज बाघ र गैँडा मृत फेला परेका छन् । निकुञ्जको भित्र भिमपुर क्षेत्रमा बाघ तथा...
-
सुहाङले बुधबार बिहान सांसद पदको शपथ लिँदै
काठमाडौं । गत वैशाख १५ गते इलाम क्षेत्र नम्बर २ मा भएको उपनिर्वाचनमा विजयी नेकपा एमालेका सांसद सुहाङ नेम्बाङले बुधबार...
-
खोटाङका अग्निपीडितलाई आर्थिक सहयोग
काठमाडौं । हलेसी तुवाचुङ नगरपालिका–९ सल्लेका अग्निपीडित परिवारलाई सहयोगस्वरुप रु एक लाख ७६ हजार प्रदान गरिएको छ ।यही वैशाख १४...
-
प्रतितोलामा ८०० रुपैयाँले बढ्यो सुनको मूल्य
काठमाडौं । नेपाली बजारमा मंगलबार सुनको मूल्य बढेको रहेको छ । नेपाल सुन–चाँदी व्यवसायी महासंघका अनुसार आज सुन तोलामा ८००...
-
प्रधानमन्त्री प्रचण्डले उपेन्द्रलाई भने: मिलेर जानुस्, फुट्नु राम्रो होइन
काठमाडाैँ । प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड' र सत्तारूढ जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवबीच बालुवाटारमा छलफल भएको छ। मंगलबार...
-
प्रधानमन्त्रीसँग छलफल गर्न उपेन्द्र यादव बालुवाटारमा
काठमाडौं। उपप्रधानमन्त्री एवं स्वास्थ्य मन्त्रीसमेत रहेका जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादव प्रधानमन्त्री निवास बालुवाटार पुगेका छन् ।...
-
राष्ट्रिय स्वतन्त्र पार्टीको संसदीय दलको बैठक बस्दै
काठमाडाैँ । राष्ट्रिय स्वतन्त्र पार्टीको संसदीय दलको बैठक बस्दै छ । सिंहदरबारस्थित पार्टीको संसदीय दलको कार्यालयमा बस्ने गरी बैठक बोलाइएको...