ताजा समाचार

कान्तिपुर दैनिकमा नारायण वाग्ले प्रधान सम्पादक नियुक्त

काठमाडाैं २९, असार । कान्तिपुर दैनिकमा गत बुधबार सुधिर शर्माले राजीनामा दिएपछि रिक्त भएको सम्पादक पदमा पत्रकार नारायण वाग्ले नियुक्त भएका छन् ।

कान्तिपुर व्यवस्थापनले वाग्लेलाई आज शुक्रबार प्रधान-सम्पादक नियुक्त गरेको हो ।

वाग्ले १० वर्ष अधि कान्तिपुरको सम्पादक पदबाट राजीनामा दिएका थिए । त्यसपछि उनी नागरिक दैनिकमा तीन वर्ष प्रधान-सम्पादक भए ।

पल्पसा क्याफे उपन्यासबाट मदन पुरस्कार जितेका वाग्ले पछिल्लो समय सेतोपाटीमा प्रमुख लेखक तथा टिप्पणीकार थिए।

द काठमान्डु पोस्टका प्रधान-सम्पादकहरू सुधीर शर्मा र अखिलेश उपाध्यायले राजीनामा दिएका थिए।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org