ताजा समाचार

सरकारलाई सर्वोच्चको झड्का, देउवा सरकारका राजनीतिक नियुक्ति धमाधम उल्टाउँदै सर्वोच्च

काठमाडौं २९, असार । पहिलेको सरकारले गरेका राजनितिक नियुक्तिलाई सर्वोच्च अदातले धमाधम उल्टाइरहेको छ ।

शेरबहादुर देउवा नेतृत्वको सरकारका नियुक्तिहरु केपी आेली सरकारले बदर गर्दै नयाँ नियुक्तिको प्रकृया थालेको थियो ।

शुक्रबार सर्वोच्चले राष्ट्रिय सहकारी विकास बोर्डका सहअध्यक्ष दक्ष पौडेल सुवास र गोरखापत्र संस्थानका महाप्रवन्धक बसन्तप्रकाश उपाध्यायलाई हटाउने निर्णय तत्काल कार्यान्वयन नगर्न अन्तरकालिन अन्तरिम आदेश दिएको छ ।

न्यायाधीश वमकुमार श्रेष्ठको इजलासले साउन १५ गते दुबै पक्षलाई छलफलमा बोलाएको छ ।

यसअघि बिहीबार पनि सर्वोच्चले नेपाल दूरसञ्चार प्राधिकरणका अध्यक्ष दिगम्बर झा र कर्जा सुरक्षण निगमको अध्यक्ष विष्णु मिश्रलाई पनि नहटाउन यस्तै आदेश दिएको थियो ।

केपी शर्मा ओली नेतृत्वको सरकारले २० असारमा भदौ १४ पछि भएका सबै नियुक्ति बदर गर्ने निर्णय गरेको थियो ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org