मनाङको गंगापूर्ण ताल संरक्षणका लागि पर्खाल निर्माण
मनाङ, ३० असार । अन्नपूर्ण पदमार्गमा पर्ने निस्याङ गाउँपालिका वडा नं ६मा रहेको गंगापूर्ण हिमालको ग्लेसियरले बनाएको गंगापूर्ण ताल संरक्षणको अभावमा लोप हुने अवस्थामा पुगेपछि स्थानीय तहको पहलमा ताल संरक्षणका लागि पर्खाल निर्माण भएको छ ।
संरक्षणको अभावमा जीर्ण बन्दै गएको यस ताल पटक–पटक विभिन्न सञ्चार माध्यमबाट समाचारको विषय बनेको थियो । उक्त समाचारको प्रभावले स्थानीय निकायको ध्यानाकर्षण गरे पनि स्थानीय तह नै अन्योलमा भएको अवस्था थियो ।
गत वर्ष २०७३÷७४को बजेटबाट स्थानीय निस्याङ गाउँपालिकाबाट रु १० लाख बजेट विनियोजन गरेपछि यस तालको वरिपरि पर्खाल निर्माण कार्य शुरु भएको निस्याङ गाउँपालिकाका अध्यक्ष कान्छा गुरुङले बताउनु भयो । उहाँका अनुसार पोखरा पर्यटन बोर्डबाट रु १० लाख बजेट प्राप्त भएपछि पर्खाल निर्माण कार्य सकिएको हो ।
पर्खाल निर्माणले मात्र तालको पूर्ण संरक्षण नहुने हुँदा ताल संंरक्षणका लागि अझै धेरै काम बाँकी रहेको वडा नं ६का वडाध्यक्ष सोनम गुरुङले बताए । तालको वरिपरि पर्खाल लगाएरमात्र काम पूरा भएको छैन । आफ्नो वडामा रहेको यस ताल मनाङ गाउँकै महत्वपूर्ण सम्पत्ति भएकोले यसको वरिपरि वृक्षरोपण गरी पहिरोबाट जोगाउनु आवश्यक रहेको उनले उल्लेख गरे ।
गंगापूर्ण हिमालको ग्लेसियरबाट बनेको ताल हिमपहिरोको सिकारमा दिनानुदिन पुरिँदै गएको छ । जसको संरक्षणका लागि स्थानीय तहले शुरुवात गरे पनि बजेट अभावका कारण अझै पूरा हुन सकेको छैन ।
वडाध्यक्ष सोनम गुरुङका अनुसार विकास निर्माणका लागि आएको बजेट सबै क्षेत्रमा विनियोजन गर्नुपर्ने भएकाले पनि समस्या भएको हो ।
आगामी वर्षमा पनि यस तालको संरक्षणका लागि आवश्यक बजेट विनियोजन गरी अगाडि बढ्ने उनले बताए । हिमपहिरोका कारण जीर्ण बनेको गंगापूर्ण ताल अबको केही वर्षमा नै संकटबाट मुक्त हुने स्थानीयवासीको आशा छ ।
Comments
अरु समाचार
-
केही पहाडी उच्च स्थानमा हिमपात र केही ठाउँमा वर्षा
काठमाडौं । जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल नेपालमा स्थानीय र पश्चिमी वायुका साथै भारतको बिहार आसपास...
-
देशका विभिन्न भागमा वर्षा, दिनभरी नै हल्कादेखि मध्यम वर्षा हुने
काठमाडौं । जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल नेपालमा पश्चिमी वायु, स्थानीय वायुका साथै भारतको बिहार आसपास...
-
एक सातासम्म मेघगर्जनसहित पानी पर्ने,चट्याङबाट जोगिन विज्ञको आग्रह
काठमाडौं । अहिले नेपालमा सक्रिय मौसमी प्रणाली आगामी केही दिनसम्म रहने भएकाले यो साताभरि नै देशका विभिन्न भागमा मेघगर्जनसहित पानी...
-
व्यापार र रोजगारीका लागि ताक्लाकोट जानेको सङ्ख्या बढ्दै
सिमकोट । रोजगारी र व्यापारका निम्ति चीनको स्वशासित क्षेत्र पुराङ काउन्टीको ताक्लाकोट जान सीमा पास लिने र नवीकरण गर्नेको सङ्ख्या...
-
कोशी, बागमती र गण्डकी प्रदेशको केही पहाडी भूभागमा हल्का वर्षा
काठमाडौँ । जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल नेपालमा पश्चिमी वायु तथा स्थानीय वायुको प्रभाव रहेको जनाएको...
-
बालविवाह रोक्न निमन्त्रणा ‘कार्ड’ मै बेहुला-बेहुलीको जन्ममिति अनिवार्य
काठमाडाैँ । रुकुमपश्चिमको आठबीसकोट नगरपालिका-३ ले बालविवाह न्यूनीकरण तथा मदिरा र सुर्तीजन्य पदार्थ बिक्री वितरण तथा सेवन नियन्त्रण गर्न सक्रियता...
-
उच्च पहाडी तथा हिमाली भूभागका धेरै स्थानमा हल्का वर्षा र हिमपात
काठमाडौँ । जल तथा मौसम विज्ञान मौसम पूर्वानुमान महाशाखाले ।हाल नेपालमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको जनाएको छ। महाशाखाका अनुसार...
-
केही प्रदेशका पहाडी भूभागमा आंशिक बदली हुने
काठमाडौँ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको जनाएको छ ।महाशाखाका...
-
केही पहाडी भूभागमा सामान्य बदली, अन्यमा मौसम सफा
काठमाडौँ ,। जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले हाल नेपालमा पश्चिमी न्यून चापीय प्रणालीको आंशिक प्रभाव रहेको जनाएको...