अाेली काकालाई अायाे भतिजकाे पत्र
प्रिय ओली काका,
प्रणाम ।
बालुवाटारमा पनि उत्तिसारो आनन्द छैन होला । तैपनि, बढ्दो उमेर र प्रतिकूल स्वास्थ्यका बाबजुत पनि तपाइँले जे गरिरहनु भएको छ, त्यो धरै कमले मात्रै गर्न सक्छन् । तर, चिकित्सा विधेयकको सम्बन्धमा तपाइँका आसेपासेहरुले वास्तविक जनमतलाई नजरअन्दाज गरेर तपाइँलाई वैचारिक रुपमा बन्धक बनाए कि भन्ने शंका लागेर यो पत्र लेख्दैछु । काकालाई व्यक्तिगत रुपमा भेट्नसक्ने हैसियत भएकाहरुले भतिजको यो सन्देश सुनाइदिनु होला ।
काका, कार्यकर्ता र आसेपासेहरुको मात्रै कुरा नसुन्नुस् । यिनले पूर्वराजा ज्ञानेन्द्रको हालत बनाउँछन् । हिजो तपाइँलाई भोट दिने धेरैजना यो चिकित्सा विधेयकको विपक्षमा छन् । यस्तै पाराले तपाइँको दुइतिहाइले पाँच वर्ष टिक्ला जस्तो लाग्दैन । सानोतिनो हठले पूरै सत्ता दाउमा नराख्नोस् । तपाइँ असफल हुनु भो भने फेरि अर्का अध्यक्षले चलाउँछन् । तपाइँ हेरेको हेर्यै हुनुहुनेछ । नबिर्सनुस्, इतिहासले बारम्बार एउटै मान्छेलाई मौका दिएको छैन ।
डाक्टर केसी ‘पागल’ हुन् । उनको समर्थनमा उत्रिनेहरु त झन् ‘महापागल’ हुन् । तिनै पागलहरुका भोट थपिएर दुइतिहाइ आएको हो । यो कुरा बुझ्नुस् । एउटै विषयमा १३ पटक अनसन बसेका केसीसँग एकथरि सम्झौता गरेर त्यो सम्झौता उल्लंघन गर्ने तपाइँलगायतका नेताहरु पनि पागलै हुन् । हुन त तत्कालीन माओवादीले तपाइँलाई प्रेस विज्ञप्ति जारी गरेर पागल भन्न बाँकी राखेन । तसर्थ, हामी सबै आ–आफ्नै प्रकारका पागलहरु हौं । मार्सी चामलको भात खुवाउने र पार्टीको कार्यकर्ता भएकै कारणले उनीहरुका स्वार्थ पूरा गर्न पूरै सत्ता नखल्बल्याउनुहोस् । तपाइँसँग विकास र समृद्धका ठूला सपनाहरु छन् तर जनमतलाई कुल्चेर त्यो समृद्धि आउँदैन । अहिले पछि हट्नोस् । राजनीतिमा कहिलेकाँही रणनीतिक रुपमा पछि हटेर पनि जितिन्छ ।
तपाइँले नेपाल संस्कृत विश्वविद्यालयका कूलपतिलाई एअरपोर्टबाटै फर्काएर बालुवाटारमा राखेर संसारलाई गतिलो सन्देश दिनु भएन । तपाइँका आलोचकहरु बढे । तपाइँका गृहमन्त्रीले एउटा डाक्टरलाई हठात् उठाएर सिंहदरबार पुर्याए र गलत कामका लागि दबाब दिए । तपाइँका सञ्चारमन्त्रीले नेपाल टेलिभिजनको एउटका कार्यक्रम बन्द गर्न भूमिका खेले । तपाइँका धेरै मन्त्रीहरुले नै तपाइँको अपेक्षा अनुरुप काम गरेका छैनन् । सर्वसाधारण जनताले सिंहदरबार छिर्न अझै सास्ती व्यहोर्नुपर्ला जस्तो छ । तपाइँका मन्त्रीहरु आलोचना सुन्नै सक्दैनन्, साइबर क्राइमको मुद्दा लगाउनु पर्यो भनेर कुर्लिदैछन् । काका, आज तपाइँलाई उडाउनेहरु नै हिजोका भोटरहरु हुन् । तपाइँका सपनालाई पत्याएर तिनले हिजो भोट दिए, त्यसको बदला अब तिनीहरुले साइबर क्राइमको मुद्दा खेप्नु पर्ने हो ? इतिहासकै यस्तो शक्तिशाली सरकारको वर्ष दिन समेत नभइकन यति विरोध आउनुले राम्रो संकेत गर्दैन ।
अनि अर्को कुरा पनि सम्झनोस्, तपाइँ वा तपाइँको पार्टीलाई भोट दिनु भनेको अब उप्रान्त दास हुनु होइन । अब उप्रान्त तपाइँको जयगान मात्रै गाउँछु भन्ने कागजमा गरिएको हस्ताक्षर पनि होइन । अब प्रभुको स्तुतिबाहेक कुनै आलोचना गर्दिन भन्ने तमसुक पनि होइन । तपाइँलाई वा तपाइँको सरकारलाई गुण दोषका आधारमा समर्थन वा विरोध गर्ने अधिकार संविधानमा छ, जसमा तपाइँको पनि सहमति छ । माया गर्नेले आलोचना पनि गर्छन् । जसले गलत काम पनि सही हो भन्छ, त्यसैले तपाइँलाई मौकामा लडाउँछ । तिनीहरुबाट होसियार हुनुहोस् ।
तपाइँलाई थाहै होला, तपाइँले बोल्न निषेध गरेर पनि माइतीघरमा मान्छेले बोलेरै छाडे । तपाइँले सरकारी डाक्टर राजीनामा दिएर अनसन गर भन्दा पनि नमानेर पागल डा. केसी अनसनमा बसेकै छन् । तपाइँले रोक्दारोक्दै पनि उनी अस्पत्तालकै परिसरमा अनसनरत छन् । उनको जागिर खोस्नु सक्नुहुन्छ ? सर्वसाधारण जनताको जनस्वास्थ्यमा जीवन उत्सर्ग गर्न तयार मान्छेका पछि भोलि तपाइँ कमजोर हुनेबित्तिकै तपाइँकै आसेपासेहरुनै लाग्नेछन् । जसरी पार्टी भन्दा पहिले देश हेर्नुपर्छ, त्यसैगरी कार्यकर्ता भन्दा पहिले सर्वसाधारण जनता हेर्नुपर्छ । प्रधानमन्त्रीको लेटरप्याडमा पार्टीको गुणगान, प्रधानमन्त्री निवास बालुवाटारमा पार्टीको बैठक, व्यक्तिगत ट्विटर अकाउन्टमा प्रधानमन्त्रीको हैसियतका ट्विट आइरहेका छन् । हो, यस्तो हिजोपनि थियो । तर, हामी पागलहरु दुईतिहाइ सरकार फरक ढंगले चलोस् र विगतका त्रुटिकमजोरीहरुलाई पन्छाउँदै अघि बढोस् भन्न चाहन्छौं । अब हठ छाड्नुहोस् । नत्र तपाइँ पार्टीभित्रै असफल हुनुहुनेछ । संसदको दुइतिहाइले थाम्नेवाला छैन ।
त्यसैले आज राम्रो गर्नुहोस् । भोली अझै बढी मतदाताले भोट दिनेछन् । अहिले यो विधेयक रोक्दैमा तपाइँको “समृद्ध नेपाल, सुखी नेपाली”को नारा कमजोर हुनेछैन । तपाइँको शक्तिशाली सरकार पाँचै वर्ष चलोस् । तपाइँ–हाम्रा सपनाहरु पूरा होउन् ।
उही तपाइँको
२०४८ सालयता तपाइँका सपनाहरुमा बाँचेको ‘पागल’ भतिज
गौरादह–४, झापा
Comments
अरु समाचार
-
कोशीका मुख्यमन्त्री कार्कीले असोज २ गते विश्वासको मत लिने
काठमाडौं । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले आगामी असोज २ गते विश्वासको मत लिने भएका छन् । नेपाल कम्युनिष्ट पार्टी...
-
साहित्यकारहरुले भने- नारद पोखरेलको उपन्यास ‘उर्वरा’ ले सजिलै पाठकको मन तान्छ
काठमाडौं, भदौ २९ । उपन्यासकार नारद पोखरेलको उपन्यास ‘उर्वरा’ पाठकका लागि फरक स्वादको चटनी भएको एक कार्यक्रममा सहभागी स्रष्टाहरुले बताएका...
-
बाल अधिकार संरक्षणमा प्रदेश सरकार प्रतिबद्ध छः मुख्यमन्त्री कार्की
काठमाडौं । कोशी प्रदेश सरकारका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले प्रदेश सरकार बाल अधिकार संरक्षणमा प्रतिबद्ध भएको बताएका छन्। आज बाल दिवसका...
-
पूर्वमुख्यमन्त्री कार्कीद्वारा पुनः अनसन सुरु
मोरङ। कोशी प्रदेश सरकारका पूर्वमुख्यमन्त्री केदार कार्कीले पुनः अनसन सुरु गर्नुभएको छ । मंगलबार अपराह्न ४ बजेदेखि विराटनगर–७ स्थित देवकोटा...
-
श्रमदानद्वारा सडक मर्मत गर्दै भोजपुरका सिक्रेटारबासी
काठमाडौं। भोजपुरको अरुण गाउँपालिका–७ सिक्रेटारका स्थानीयवासीले श्रमदान गरेर सडक मर्मत गरेका छन् । वर्षात्का कारण सडक हिलाम्मे भएर आवतजावतमा समस्या...
-
झापामा डेङ्गीको सङ्क्रमणबाट दुईजनाको मृत्यु
काठमाडौं । कोशी प्रदेशमा डेङ्गीबाट गत साउनदेखि हालसम्म एक हजार ६५ जना सङ्क्रमित भएका छन् । यस अवधिमा डेङ्गी सङ्क्रमणका...
-
बीएन्डसीलाई एमबीबीएस पढाउन औपचारिक स्वीकृति
काठमाडौं । बीएन्डसी मेडिकल कलेज टिचिङ एन्ड रिसर्च प्रालिले लामो पर्खाइपछि चिकित्सा शिक्षा आयोगबाट चिकित्साशास्त्रको स्नातक तह (एमबीबीएस) मा ५०...
-
नेकपा एमाले जिल्ला कमिटी संखुवासभाको तेस्रो पूर्ण बैठक आइतबार सम्पन्न
काठमाडौं । नेकपा (एमाले) जिल्ला कमिटी सङ्खुवासभाको तेस्रो पुर्ण बैठक सम्पन्न भएको छ । एमाले जिल्ला कमीटि अध्यक्ष खड्ग बहादुर...
-
सङ्खुवासभाको खाँदबारीमा योगमाया आयुर्वेद विश्वविद्यालयको केन्द्रीय कार्यालय राख्ने मन्त्रीपरिषदको निर्णय
काठमाडौं । सरकारले सङ्खुवासभाको खाँदबारी नगरपालिकामा योगमाया आयुर्वेद विश्वविद्यालयको केन्द्रीय कार्यालय रहने स्थान तोक्ने निर्णय गरेको छ । २०८१ भदौ...