पर्यटन विकासका लागि पूर्वाधार जरुरी
धनगढी ३१, असार । पर्यटनको प्रवद्र्धन एवं विकासका लागि यससम्बन्धी चाहिने आधारभूत पूर्वाधार जुटाउन पहल हुनुपर्नेमा सरोकारवालाले जोड दिएका छन् ।
आज यहाँ आयोजित प्रदेश नं ७ को पर्यटन प्रवद्र्धन तथा विकास सम्बन्धी छलफल कार्यक्रमका सहभागीले प्रदेश नं ७ मा गुरुयोजना बनाएर पर्यटन विकासका गतिविधि सञ्चालन गर्नुपर्ने सुझाव दिए ।
सहभागीले प्रदेशमा पर्यटन बोर्डको कार्यालय स्थापना, गौरीफन्टा नाका र गड्डाचौकी नाकाको स्तरोन्नति, हिन्दूहरुको पवित्रस्थल मानसरोवरसम्म पुग्नका लागि उत्तर दक्षिण जोड्ने गरी सडक सञ्जाल निर्माणलगायतका पूर्वाधार निर्माणमा सरकारको ध्यान पुग्नुपर्ने बताए ।
छलफल कार्यक्रममा संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्र अधिकारीले पर्यटनको प्रवद्र्धन एवं विकासका लागि सरकार स्पष्ट योजनाका साथ अघि बढेको बताए ।
सरोकारवालासँग समन्वय गरेर सरकार पर्यटन विकासको काममा अघि बढ्न लागेको उल्लेख गर्दै मन्त्री अधिकारीले भने – “पर्यटनको विकासका लागि प्रदेश नं ७ मा यस अघिका वर्ष भन्दा बढी बजेट छुट्याउन लागिएको छ ।”
कार्यक्रममा पर्यटन बोर्डका कार्यकारी निर्देशक दीपक जोशी, प्रदेश सरकारका उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री माया भट्टलगायतले पनि प्रदेश नं ७ को पर्यटन विकासका बारेमा बोलेका थिए ।
Comments
अरु समाचार
-
अदुवा उत्पादक कृषक मारमा
काठमाडौं । समयमा नै पानी नपरेपछि समय घर्किने भयले अदुवा उत्पादक कृषक चिन्तामा परेका छन् । बैशाख दोस्रो साताभित्र अदुवा...
-
देशलाई अस्थिरताबाट जोगाउन, ठूला दलबीच सहकार्य आवश्यक छ : प्रमुख सचेतक लेखक
कांग्रेस संसदीय दलका प्रमुख सचेतक रमेश लेखकले देश राजनीतिक अस्थिरतामा फसेको बताएका छन्। प्रेस युनियन कञ्चनपुर शाखाले सोमबार बिहान महेन्द्रनगरमा...
-
चोरले एक तोला सुन निलेपछि
काठमाडौं । पाँचथरमा चोरी गर्न गएका एक व्यक्तिले एक तोला सुन निलेको पाइएको छ । चोरी गर्न गएका फिदिम नगरपालिका–१...
-
संविधानमा व्यवस्था गरेका मौलिक हकहरु व्यवहारमा कार्यान्वयन हुन सकेनन्ः मन्त्री शर्मा
काठमाडौँ । सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले संविधानमा व्यवस्था गरेका मौलिक हकहरु व्यवहारमा कार्यान्वयन गर्न नसकेको बताएका छन् ।...
-
बाँकेमा पाँच हजार हेक्टर वनमा डढेलो
काठमाडौं । बाँकेका विभिन्न सामुदायिक वन र चक्ला वनको पाँच हजार एक सय ३३ हेक्टर क्षेत्रफलमा डढेलो लागेको छ ।...
-
क्याबिनेट बैठक अपरान्ह बस्दै
काठमाडौँ। आज मन्त्रीपरिषद्को बैठक बस्दै छ । बैठक आज अपरान्ह ४ बजे सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयमा बस्ने प्रधानमन्त्री सचिवालयले जनाएको...
-
खडेरीले सुक्न थाल्यो मकै
काठमाडौं । झापामा लामो खडेरीले खेतमै बाली सुक्न थालेपछि झापाका किसान चिन्तामा छन् । घोगा लाग्ने बेलामा खडेरीले मकै बालीमा...
-
नेपालीको औसत आयु ७१ दशमलव तीन वर्ष
काठमाडाैँ । राष्ट्रिय जनगणना २०७८ सँग सम्बन्धित ‘जनसङ्ख्या साक्षरता’ र ‘जनसाङ्खिक सूचक’ पुस्तक सार्वजनिक गर्दै तथ्याङ्क कार्यालयले उक्त तथ्य सार्वजनिक...
-
आज बागमती प्रदेशमा सार्वजनिक बिदा
काठमाडौं । बागमती प्रदेश सरकारले आज (सोमबार) प्रदेशभर सार्वजनिक बिदा दिएको छ । बागमती सरकारले नेपाली भाषाको अतिरिक्त तामाङ भाषा...