ताजा समाचार

उपरथी शाहलाई दर्ज्यानी चिह्न

काठमाडौँ ३१, असार ।  प्रधानसेनापति राजेन्द्र क्षत्रीले उपरथीमा पदोन्नति भएका सुवर्णबहादुर शाहलाई दर्ज्यानी चिह्न प्रदान गरेका छन् ।

जंगी अड्डामा आज आयोजित विशेष कार्यक्रममा प्रधानसेनापति क्षत्रीले उपरथी शाहलाई दज्र्यानी चिह्न प्रदान गरेको नेपाली सेनाको जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ ।

सहायक रथी शाह मन्त्रिपरिषद्को यही असार २४ गतेकोे निर्णयअनुसार उपरथीमा पदोन्नति भएका हुन । उपरथी शाहलाई मध्य पृतना हेडक्वाटरको पृतनापतिको जिम्मेवारी दिइएको छ । कार्यक्रममा नेपाली सेनाका रथीवृन्द तथा अधिकृतको उपस्थिति रहेको थियो ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org