राजमार्गलाई केन्द्र बनाएर लाग्ने हाट बजारका कारण सडक दुर्घटना
विराटनगर, १ साउन । विराटनगरबाट सुनसरीको इटहरीसम्मको राजमार्गलाई केन्द्र बनाएर लाग्ने हटिया तथा बजारका कारण सडक दुर्घटना बढ्ने गरेको जिल्ला ट्राफिक कार्यालयले जनाएको छ ।
इटहरीदेखि विराटनगरसम्म लगभग सधैँ कुनै न कुनै हटिया लाग्ने गरेको र यसबाट सडकमा मानिसको भीड बढेर सवारी साधन आवतजावतमा समस्या उत्पन्न हुनाका साथै मानिसको ज्यानसमेत जाने गरेको सहायक प्रहरी निरीक्षक तुलामणि आचार्यले बताए ।
शनिबार सुनसरीको खनारमा, बिहीबार सोनापुरमा, मंगलबार दुहबीमा तथा बिहीबार पहडगछ, मोरङको टङ्किसिनवारी, बासंवारी, नेमुवा र विराटनगरको कचनवारीमा साप्ताहिक हटिया लाग्ने गरेको छ ।
सडकमा खुल्ला रुपमा सवारी आवतजावत हुने भएकाले सवारी दुर्घटनालाई न्यूनीकरण गर्न यस्ता ठाउँमा लाग्ने हटियालाई व्यवस्थित गर्न जनप्रतिनिधिहरु लाग्नुपर्ने ट्राफिक प्रहरीको भनाइ छ ।
सुनसरीको दुहबीबाट इनरुवा जोड्ने सडकखण्डमा सिमरिया, बुद्धचोक, भमरी, औरावनी र बर्छवामा लाग्ने हटियाले पनि निकै समस्या देखिएको दुहबी इलाका प्रहरी कार्यालयले जनाएको छ ।
बाटोकोे चौडाइ कम तर आवागमन बढी हुनाले पनि कतिखेर दुर्घटना हुन्छ भन्न सक्ने अवस्था नरहेको प्रहरीको भनाइ छ ।
सुनसरी जिल्लाको साप्ताहिक हटियाको विषयमा जिल्ला समन्वय समितिका संयोजक गोपाल राजभण्डारीले दुहबी–इनरुवा सडक खण्डको भमरीमा शुक्रबार लाग्ने हटियालाई व्यवस्थित गर्न सडक उत्तरतर्फ व्यक्तिको निजी जग्गा भाडामा लिएर हटिया लगाउने गरेको भए पनि समग्र जिल्लाको हटियालाई व्यवस्थापन गर्न जनप्रतिनिधिसँग छलफल भइरहेको बताए ।
हटियाकै विषयमा समस्या बढ्दै गएपछि हाटबजारलाई व्यवस्थित बनाउन विराटनगरमा अभियान नै शुरु भएको छ ।
यो अभियान विराटनगर महानगरपालिकाको वडा नं ४ बाट शुरु भएको हो । कञ्चनबारी पश्चिम नोवेल अस्पताल जाने सडकमा शुक्रबार हाट लाग्दै आएको थियो ।
हाटलाई व्यवस्थित गर्न सडक छेउमा रहेको खाली जग्गालाई मिलाउने काम आइतबारदेखि शुरु गरिएको छ ।
व्यवस्थित बजारका लागि सडकको छेउमा रहेको झण्डै एक बिगाहा जमीनलाई तीन लेनमा विभाजन गर्ने र प्रत्येक व्यापारीलाई दुई मिटरको जग्गाको दरले चिह्न लाएर प्रदान गर्ने वडा नं ४ का वडाध्यक्ष देवेन्द्र पोखरेलले जानकारी दिए ।
विगत केही दिनदेखि विराटनगर क्षेत्रमा सडकमा हुने अवरोध हटाउन विराटनगर महानगरका प्रमुख भीम पराजुलीले महानगरका १९ वटै वडाका वडाध्यक्षलाई उपयुक्त स्थानमा हटिया व्यवस्थापन गर्न निर्देशन दिइसकेका छन ।
Comments
अरु समाचार
-
आजको राशिफल: २०८१ वैशाख १८ गते मंगलवार
मेष: भूमि,वाहन र पैत्रिक सम्पत्तिबाट लाभ मिल्नेछ। व्यापारमा पनि प्रशस्त फाइदा हुनेछ। काम बन्नेछ र महत्त्वपूर्ण वस्तु लाभ हुनेछ। सहयोगीहरूले...
-
विराटनगरमा विद्युतीय गाडी उत्पादन गर्न कोशी एनके मोटर्स र चिनियाँ कम्पनीबीच सम्झौता
विराटनगर । विराटनगरमा कोशी एनके मोटर्सले विद्युतीय गाडी उत्पादन गर्ने भएको छ । चिनियाँ कम्पनीसँगको साझेदारीमा एनके मोटर्सले विद्युतीय गाडी...
-
इलाम २ मा एमालेका सुहाङ १६२३ मत अन्तरले अग्रस्थानमा
काठमाडौं । इलाम २ को प्रतिनिधिसभाको उपनिर्वाचनमा हालसम्म करिब १६ हजार मतगणना भइसकेको छ । हालसम्म १० वटा वडाको गणना...
-
उपनिर्वाचन शान्तिपूर्ण, सुहाङले भने- चुनाव जित्नेमा विश्वस्त छु
काठमाण्डौ । उपचुनाव भैरहेको इलाम र बझाङमा उत्साहजनक र शान्तिपूर्ण रूपमा मतदान जारी छ । इलामको प्रतिनिधिसभा क्षेत्र–२ तथा बझाङको...
-
धनकुटाको हिलेमा आजदेखि खाना महोत्सव
धनकुटा, ५ वैशाख: पर्यटन प्रवर्द्धनको माध्यमबाट आर्थिक गतिविधि बढाउन धनकुटाको व्यापारिक केन्द्र हिले बजारमा आजदेखि पाँच दिने तेस्रो खाना महोत्सव...
-
इलामको माइजोगमाईमा साना सिँचाइ कार्यक्रम सुरु
काठमाडौं । जिल्लाको माइजोगमाई गाउँपालिकामा खेतीयोग्य जमिनमा सिँचाइ पुयाउने उद्देश्यले सञ्चालित ‘साना सिँचाइ कार्यक्रम’ले पूर्वाधार निर्माणको कामलाई तीव्रता दिएको छ...
-
दमकस्थित लाइफलाइन अस्पतालको भवनमा आगलागी
२८ चैत, दमक । दमकस्थित लाइफलाइन अस्पताल नजिक मङ्गलबार राति आगलागी हुँदा दुई करोडभन्दा बढीको क्षति भएको छ । अस्पताल...
-
सुहाङले इलाम-२ मा ५ हजार मत अन्तरले जित्ने दावी
झापा । कोशी प्रदेशका पूर्व मुख्यमन्त्री एवम् नेकपा एमालेका नेता हिक्मत कार्कीले इलाम–२ को उपनिर्वाचनमा सुहाङ नेम्बाङले करिव ४ देखि...
-
खोटाङमा सञ्चालित बृहत् स्वास्थ्य शिविरबाट छ हजार लाभान्वित
काठमाडौं । खोटाङ सेवा समाजले आयोजना गरेको बृहत् स्वास्थ्य शिविर शुक्रबार साँझ सम्पन्न भएको छ । ‘जन्मभूमिको सम्मान, स्वास्थ्य श्रमदान...