कृषि विश्वविद्यालयद्वारा निजी सम्बन्धनबारे जानकारी
चितवन २, साउन । कृषि तथा वन विज्ञान विश्वविद्यालय रामपुरले सम्पूर्ण प्रक्रिया पूरा गरेर आठ निजी क्याम्पसलाई सम्बन्धन दिएको प्रष्ट पारेको छ ।
आठ निजी क्याम्पसलाई सम्बन्धन दिएपछि प्राध्यापक र विद्यार्थीले आन्दोलन चर्काउँदै लगेपछि विश्वविद्यालयले आज यहाँ पत्रकार सम्मेलनको आयोजना गरी सम्बन्धन स्थगन हुन नसक्ने जनाएको छ ।
सो अवसरमा विश्वविद्यालयका उपकुलपति प्राडा ईश्वरीप्रसाद ढकालले विश्वविद्यालयको नियम मुताविक विद्या परिषद, प्राज्ञिक परिषद् र अन्त्यमा कार्यकारी परिषद्बाट कृषि स्नातक पढाइ हुने सात र वन विज्ञान पढाइ हुने एक गरी देशका विभिन्न स्थानका आठवटा निजी कलेजलाई सम्बन्धन दिइएको बताए ।
उपकुलपति ढकालले विश्वविद्यालयको निर्णयअनुसार २०७२ जेठ २६ गते गोर्खापत्र दैनिकमा सूचना प्रकाशितपछि आवेदन परेका २४ क्याम्पसमध्ये सम्पूण प्रक्रिया पूरा गरेका आठ क्याम्पसलाई मात्र सम्बन्धन दिइएको बताए । ठूलो संख्यामा कृषि शिक्षा पढ्ने विद्यार्थीको चाहना भएर पनि पढ्न नपाएको परिवेशमा आंगिकसँगै निजी क्याम्पसलाई सम्बन्धन दिइएको उनको भनाइ थियो ।
कार्यक्रममा विश्वविद्यालयका रजिष्टार मनराज कोलाक्षपतिले विधिसम्मत् ढंगबाट निजी क्याम्पसलाई सम्बन्धन दिँदा अनावश्यक आलोचना भएको बताए । उनले पदाधिकारी कसैको पनि सम्बन्धन दिइएका निजी क्याम्पसमा प्रत्यक्ष र अप्रत्यक्ष रुपमा लगानी नभएको, कुनै आर्थिक प्रलोभनमा काम नभएको, भौतिक पूर्वाधार र प्रक्रिया पूरा गरेका क्याम्पसलाई मात्र सम्बन्धन दिइएको बताए ।
सोही अवसरमा विश्वविद्यालयका अनुसन्धान निर्देशक डा नवराज देवकोटाले विश्वविद्यालयको मुख्य उद्देश्य अध्ययन, अनुसन्धान र प्रसार रहेको भन्दै सम्बन्धन पाएका क्याम्पसले पनि विश्वविद्यालयको उद्देश्यअनुसार काम गर्नुपर्ने बताए
विश्वविद्यालयले कृषि स्नातकमा सम्बन्धन दिइएकामा पूर्वाञ्चल कृषि क्याम्पस झापा, जिविका कृषि विज्ञान कलेज इटहरी, भ्यालि कृषि क्याम्पस ललितपुर, हिमछाया कलेज गैंँडाकोट, रामनगर टेक्निकल एण्ड म्यानेजमेन्ट कलेज भूमही, गोर्खा युनाइटेड पब्लिक स्कुल कोहलपुर र ब्राइट मध्यपश्चिम कृषि तथा वन विज्ञान क्याम्पस सुर्खेत रहेका छन् ।
त्यसैगरी वन स्नातकमा सिद्धान्त क्याम्पस गैँंडाकोट रहेका छन् । सबै कलेजले ५०-५० जना विद्यार्थी भर्ना गर्न पाउनेछन् । विश्वविद्यालयले हालसम्म चारवटा आंगिक क्याम्पस सञ्चालनमा ल्याएको छ ।
आउँदो शैक्षिक सत्रसम्ममा थप चारवटा आंगिक क्याम्पस सञ्चालनका लागि गृहकार्य भइरहेको जनाएको छ । विश्वविद्यालयका प्राध्यापक र विद्यार्थी संगठनले भने निजी क्याम्पसलाई सम्बन्धन दिन नहुने भन्दै विरोध जनाएका छन् । उनीहरुले विश्वविद्यालयमा तालाबन्दी गर्ने, हडताल गर्ने लगायतका विरोधका कार्यक्रम गरिरहेका छन् ।
सम्बन्धन स्थगन नभएसम्म हडताल जारी रहने जनाएका छन् । सरकारले प्राविधिक शिक्षा पढाउनका लागि भन्दै विसं २०६७ मा यो विश्वविद्यालय स्थापना गरेको थियो ।
Comments
अरु समाचार
-
केही स्थानमा स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना
काठमाडौँ, ४ असोजः हाल देशभर मनसुनी वायुको प्रभाव रहेको जनाउँदै जल तथा मौसम विज्ञान विभागले मनसुनको न्यून चापीय रेखाको पश्चिमतिर...
-
मुग्लिङ-नारायणगढ सडकखण्ड अन्तर्गत सिमलतालबाट त्रिशूली नदीमा ट्रक खस्यो
काठमाडौं । मुग्लिन-नारायणगढ सडकखण्डको सिमलतालबाट आइतबार बिहानै ट्रक खसेको छ। खाने तेल बोकेर सिमाराबाट काठमाडौँ गइरहेकोे ट्रक त्रिशूलीमा खसेको हो...
-
साहित्यकारहरुले भने- नारद पोखरेलको उपन्यास ‘उर्वरा’ ले सजिलै पाठकको मन तान्छ
काठमाडौं, भदौ २९ । उपन्यासकार नारद पोखरेलको उपन्यास ‘उर्वरा’ पाठकका लागि फरक स्वादको चटनी भएको एक कार्यक्रममा सहभागी स्रष्टाहरुले बताएका...
-
बाग्मती, गण्डकी, मधेश र कोशीमा हल्कादेखि मध्यम वर्षाको सम्भावना
काठमाण्डौ । लुम्बिनी, कर्णाली र सुदूरपश्चिमका विभिन्न ठाउँमा अस्तिदेखि लगातार भइरहेको ठूलो वर्षा रोकिएको छ । गएरातिदेखि ती ठाउँमा पानी...
-
सिन्धुपाल्चोक केन्द्रविन्दु भएर भूकम्पको धक्का
काठमाडौं । मंगलबार बिहानै सिन्धुपाल्चोक जिल्ला आसपास केन्द्रविन्दु भएर भूकम्पीय धक्का महशुस भएको छ । राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान...
-
गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशाला निर्माणले गति लिँदै
काठमाडौं । बहुप्रतिक्षीत गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशाला निर्माणले गति लिएको छ । सङ्घ र प्रदेश सरकारसँगको समन्वयमा भरतपुर महानगरपालिकाको अग्रसरतामा...
-
देशभर मनसुनी वायुको प्रभाव कायमै, केही प्रदेशमा ठूलो वर्षा
काठमाडौं । जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल देशभर मनसुनी वायुको प्रभाव कायमै रहेको जनाएको छ। मनसुनको...
-
एमडीएमएस घोटालाका डिजाइनर मल्ल र सेल्सबेरीका प्रधानाङ्गद्वारा अनुसन्धान गर्ने निकायमाथि ‘मिडिया ट्रायल’
(सजिव कालाखेती) काठमाडौं । दूरसञ्चार क्षेत्रको भीओआईपीदेखि एमडीएमएस घोटालासम्म जोडिएका चर्चित र विवादित पात्र हुन् मनिन्द्र मल्ल। कल बाइपास 'भीओआईपी'...
-
खिलेन्द्र पौडेललाई आइएमई लाइफ इन्स्योरेन्सको नायब प्रमुख कार्यकारी अधिकृतमा नियुक्त गरियो
काठमाडौं। आइएमई लाइफ इन्स्योरेन्सको नायब प्रमुख कार्यकारी अधिकृतमा खिलेन्द्र पौडेल नियुक्त भएका छन्। आइएमई लिमिटेड र जीएमइको मर्जरपछि बिदा भएका...