ताजा समाचार

डा. केसी काठमाडाैं आउन तयार

काठमाडौं ३, साउन । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लामा अनशनरत डा. गोबिन्द केसी काठमाडाैं आउन तयार भएका छन् ।

प्रहरीले आफ्ना समर्थकमाथि बलप्रयोग गरेपछि डा. केसी आफैं काठमाडौं आउन तयार भएका हुन् । ‘विद्यार्थीहरु कुटिएको म हेर्न सक्दिँन, जान्छु भन्नु भएको छ’ डा. विषद दहालले भने ।

डा. केसीले अडियो सन्देश जारी गर्दै आफू काठमाडाैं नजाने र सरकारलाई अधिनायकवादीको संज्ञा दिदै गुण्डागर्दी नगर्न चेतावनी समेत दिएका थिए । जुम्लामा डा. केसीका समर्थकले सरकारी टोलीलाई भित्र छिर्न नदिएपछि सुरक्षाकर्मीको टोलीले लाठी चार्ज गरेर भिडलाई तितरवितर पारेको थियो । भिड नियन्त्रण गर्न केहि सेल अश्रु ग्यास समेत प्रयोग गरिएको जनाइएको छ ।

 

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org