मोबाइल ‘एप्स’को प्रयोग गरी अपाङ्गता भएकाको तथ्याङ्क संकलन
कञ्चनपुर ४,साउन । मोबाइल ‘एप्स’को प्रयोग गरी कञ्चनपुर र कैलालीका चार वटा स्थानीय तहका अपाङ्गता भएका व्यक्तिको तथ्याङ्क संकलन कार्य शुरु गरिएको छ ।
स्थानीय तहमा सञ्चालित हरेक गतिविधिमा अपाङ्गता भएका व्यक्तिको सहभागिता सुनिश्चित गराउनका लागि नमूनाका रुपमा तथ्याङ्क संकलनको कार्य अगाडि बढाइएको हो ।
समावेशी सिद्धान्तका आधारमा समुदायको विकास निर्माण योजना तर्जुमा तथा पञ्चवर्षीय आवधिक योजना निर्माण सहभागिता गराउनका लागि आधुनिक प्रविधिको प्रयोग गरी तथ्याङ्क संकलन कार्य भइरहेको छ ।
कैलालीको गौरीगंगा नगरपालिका, कञ्चनपुरका शुक्लाफाँटा नगरपालिका, लालझाडी गाउँपालिका र बेलडाँडी गाउँपालिकामा घरघुरी सर्भेक्षणसँगै अपाङ्गता भएका व्यक्तिको तथ्याङ्क संकलन कार्य भइरहेको नेपाल राष्ट्रिय समाज कल्याण संघ र एनएलआरको संयुक्त साझेदारीमा सञ्चालित समावेशी विकास कार्यक्रमका अधिकृत राजीव अवस्थीले बताए । घरधुरी सर्वेक्षण तथ्याङ्क संकलन कार्यलाई व्यवस्थित बनाउन प्रत्येक वडाबाट सिफारिस गरिएका तथ्याङ्क संकलनकर्तालाई दुईदिने तालीम प्रदान गरी कार्यक्षेत्रमा खटाइएको छ ।
“तथ्याङ्क संकलनको कार्यलाई छिटो छरितो बनाउनका लागि मोबाइल एप्सको प्रयोग गरी जिपिएस फोटोसहितको तथ्याङ्क संकलन गरी सफ्टवेयर व्यवस्थापनमार्फत स्थायीको घर नम्बरसहितको डिजिटल तत्थ्याङ्क संकलनको कार्य गरेका छौँ”, उनले भन्छन ।
हालसम्म संकलित तथ्याङ्कअनुसार कैलालीको गौरीगंगा नगरपालिकाका पाँच हजार ९०७ घरघुरीमध्ये एक हजार १६७ जना व्यक्ति अपाङ्गता भएका पाइएका छन् । जसमध्ये १६९ जनाले मात्रै अपाङ्गता परिचयपत्र प्राप्त गरेका छन् ।
यसैगरी लालझाडी गाउँपालिकाका एक हजार १५३ घरघुरीको तथ्याङ्क संकलन गरिएकामा जसमध्ये ४११ जना अपाङ्गता भएका व्यक्ति रहेका छन् । अपाङ्गता भएका व्यक्तिमा ७१ जनाले परिचयपत्र पाएका छन् ।
शुक्लाफाँटा नगरपालिकामा अपाङ्गता पहिचान तथ्याङ्कमात्र संकलन गरिएको छ । जसअनुरुप हालसम्म सात हजार ७३३ घरधुरीको तत्थ्याङ्क संकलन गरिएको छ जसअन्तर्गत ४११ जना अपाङ्गता भएका व्यक्तिमध्ये २२० जनाले अपाङ्गता परिचयपत्र प्राप्त गरेको पाइएको छ ।
बेलडाँडी गाउँपालिकामा तीन हजार घरधुरीको सर्भेक्षणको कार्य गरिएको छ । अपाङ्गता भएका व्यक्तिको तथ्यांक संकलन भइरहेको छ । तथ्याङ्क संकलनका लागि गौरीगंगामा ३५, लालझाडीमा २२, बेलडाँडीमा २१ र शुक्लाफाँटामा ३० जना गणक खटिएका छन ।
Comments
अरु समाचार
-
राेहितकाे कप्तानीमा टी–२० विश्वकप खेल्ने नेपाली टाेलीकाे घाेषणा
काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान)ले विश्वकप खेल्ने नेपाली टोलीको घोषणा गरेको छ । बुधबार क्यानले टिमको घोषणा गरेको हो ।...
-
सबै श्रमिकलाई सरकारले सामाजिक सुरक्षा कार्यक्रमको दायरामा ल्याउनुपर्छ: शंकर पोखरेल
काठमाडाैं । सत्तारुढ दल नेकपा एमालेका महासचिव शंकर पोखरेलले सबै श्रमिकलाई योगदानमा आधारित सामाजिक सुरक्षा कार्यक्रमको दायरामा ल्याउन सरकारसँग आग्रह...
-
सरकारले उत्पादन र रोजगारी सिर्जनालाई प्राथमिकतामा राखेर बजेट निर्माण गर्दै छः प्रधानमन्त्री प्रचण्ड
काठमाडाैं । सरकारले आगामी आर्थिक वर्षको नीति, कार्यक्रम र बजेटमा उत्पादकत्व वृद्धि र रोजगारी सृजनालाई उच्च प्राथमिकता दिने भएको छ...
-
वेस्ट इन्डिज ‘ए’द्वारा नेपालसामु २२८ रनको लक्ष्य
काठमाडौं । टी–ट्वान्टी शृङ्खलाको तेस्रो खेलमा वेस्ट इन्डिज ‘ए’ले नेपालसामु जितका लागि दुई सय २८ रनको लक्ष्य प्रस्तुत गरेको छ...
-
श्रमसम्बन्धी विवाद स्थानीय तहमै समाधान हुनु महत्त्वपूर्ण उपलब्धि : अध्यक्ष ढकाल
काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले श्रमसम्बन्धी विवादहरु स्थानीय तहमै समाधान हुनु महत्वपूर्ण उपलब्धि भएको बताएका छन्।...
-
श्रमिकको समस्या समाधान गर्न सरकारले सुरु गर्यो ‘श्रमाधान’ सेवा
काठमाडौं । श्रमिकका विभिन्न समस्या, गुनासो र जिज्ञासालाई समाधान र सुधार गर्ने उद्देश्यसहित सरकारले श्रमाधान सेवाको थालनी गरेको छ ।...
-
प्रहरी महानिरीक्षक स्वदेश फिर्ता
काठमाडौं । प्रहरी महानिरीक्षक वसन्तबहादुर कुँवर इन्टरपोल महासचिवालयको आयोजनामा फ्रान्सको लियोनमा सञ्चालन भएको ‘१९औँ हेड अफ एनसिबी कन्फरेन्स’मा नेपालका तर्फबाट...
-
जङ्गलमा लागेको आगो घरमा सल्किँदा घर नष्ट
काठमाडौं । चितवनको इच्छाकामना गाउँपालिका–२ स्थित कोटारीमा दुई घरमा आगलागी भएको छ । जङ्गलमा लागेको डढेलोका कारण घरमा आगो सल्किँदा...
-
वैशाख ३१ मा बालबालिकाका लागि ‘बृहत खोज र खोप अभियान’
काठमाडौं । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले नियमित खोप लगाउन छुटेका बालबालिकालाई आगामी वैशाख ३१ गते खोप लगाउने भएको छ ।...