ताजा समाचार

केसीको अनसनमा बेडमा रहेका बिरामीको सलाइन समेत थुतेर फालियो (भिडियोसहित)

काठमाडाैं ४, साउन । एउटा डाक्टरले अर्को डाक्टरको आलोचना गरेको भन्दा अचम्म लाग्न सक्छ । त्यो पनि अनशनरत डा. केसीका बारेमा !

त्यस्तै, एउटा घटनाका बारेमा आज हामी जानकारी गराउन गइरहेका छाैं । डा. भगवान कोइरालाले डा गोविन्द केसीको अनसनका बारेमा दोस्रो पटक मुख खोलेका छन ।

कान्तिपुर टेलिभिजनको फायर साइडमा भुषण दाहालसँग कुरा गर्दै डा भगवना कोइरालाले केसीको अनसनमा बेडमा रहेका बिरामीको सलाइन समेत थुतेर फालेको दर्दनाक अवस्थाको बारेमा बताए ।

उनले आफूले पनि केसीको माग पूरा गर्नका निम्ति तत्कालीन अवस्थामा खिलराज रेग्मीसँग कुरा गरेको तर फेरी १५ दिनमा असनसन बसेर अस्पताल अस्तव्यस्त बनाएको बताए । उनले भने ‘केसी फेरि १५ दिनमै अनसन बस्यो, अस्पताल अस्तव्यस्त भयो, बिरामीले उपचार नै पाएनन् त्यसपछि म १३ दिन रोएँ ।’ उनले अाफू भिसी र केसीको चेपुवामा परेर अाफूले तत्कालीन अवस्थामा टिचिङको डाइरेक्कटरबाट राजिनामा दिएको बताए ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org