ताजा समाचार

डा. केसी राजनीतिक स्वार्थ समूहको शिकार बन्ने खतरामा: उपप्रधान मन्त्रि पोखरेल

विराटनगर ५, साउन  ।  उपप्रधान एवं रक्षा मन्त्री ईश्वर पोखरेलले चिकित्सा शिक्षा सुधारका नाममा अनशन बसेर डा. गोविन्द केसीले गलत अभ्यास गरेको आरोप लगाएका छन् । उनले केसीको कार्यशैली सर्वसत्तावाद र अधिनायकवादी भएको भन्दै सच्याउन आग्रह गरे ।

उपप्रधानमन्त्री पोखरेलले डा. केसी राजनीतिक स्वार्थ समूहको शिकार बन्ने खतरा बढेको भन्दै त्यसबाट जोगाउन जरुरी रहेको औंल्याए । उनले केसी स्वास्थ्य, शिक्षासँग सम्बन्धित मुद्दाबाट या राजनीति केबाट प्रेरित भएको हो भन्ने प्रश्न गर्दै शुरुमा त्यो प्रष्ट हुनुपर्ने बताए ।वार्ता र संवादमा सरकार नभएर केसी उदासीन भएको आरोप लगाए । केसीको माग पूरा गर्ने काम जनताबाट निर्वाचित जनप्रतिनिधिको भएकाले केसीले वार्तामा बस्न आनाकानी गर्न नहुने तर्क उपप्रधानमन्त्री पोखरेलको छ ।

पोखरेलले डा. केसीका माग एक, दुई, तीन गरेर सम्बोधन गर्ने खालको नभएको समेत प्रष्ट पारे ।

शिक्षा र स्वास्थ्य राष्ट्रियकरण गर्नु पर्ने भनेर हल्ला मात्र भएको मन्त्री पोख्ररेलले जानकारी दिए । उनले शिक्षा, स्वास्थ्य जनताको आधारभूत आवश्यता भएकाले त्यो पूरा गर्न जनताको अधिकार स्थापित गर्न सरकार तयार रहेको जानकारी दिए ।

उनले सरकारले ल्याएको स्वास्थ्य शिक्षा विधयेकमा संशोधन आवश्यक भए संसदबाट गर्न सकिने बताए ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org