ताजा समाचार

वानेश्वरमा यसरी हुन पुग्यो झडप, १५तस्बिरमा हेर्नुहोस्

काठमाडौं ।  डा. गोविन्द केसीको जीवन रक्षाको माग गर्दै वानेश्वरमा भएको प्रदर्शनका क्रममा झडप भएको छ । नयाँ वानेश्वर चाेकमा केसी समर्थक र प्रहरीबीच झडप भएको छ । निषेधित क्षेत्र तोड्न खाेज्दा  झडप भएको हो ।  प्रहरीले केहि राउण्ड अश्रुग्यास पनि प्रहार गरेको छ ।
माइतीघरबाट प्रदर्शनकारी नयाँ वानेश्वरतर्फ अघि बढ्दै गर्दा प्रदर्शनकारीले निषेधित क्षेत्र तोड्न खोज्दा झडप भएकाे हाे ।झडपका क्रममा एक प्रहरी र केहि प्रदर्शनकारी घाइते भएको बताइएको छ । यस्तै प्रदर्शनकारीले तीन वटा गाडी पनि तोडफोड गरेकाछन् ।चिकित्सा शिक्षा क्षेत्रको सुधारको माग गर्दै अनसनरत डाक्टर केसीको स्वास्थ्य अवस्था विग्रदै गएको भन्दै विभिन्न अधिकारवादी संघ संस्था सराकारवाला लगायतले प्रर्दशन गरेका हुन् ।
प्रदर्शनमा विवेकशिल साझा पार्टीका रविन्द्र मिश्र, पुर्व प्रधानन्यायाधीश शुशीला कार्की, अधिकारकर्मी कृष्ण पहाडी, नयाँ शक्ति पार्टीका हिसिला यमी,कलाकार करिष्मा मानन्धर लगायत अधिकारकर्मी, कानुनव्यवसायी, नागरिक समाजका अगुवा तथा डाक्टर केसीका समर्थकहरु सहभागी भएका थिए । प्रर्दनशकारीले माथेमा अायाेगकाे प्रतिवेदन कार्यान्वय गर, डाक्टर केसीको माग पुरा गर भन्ने प्ले कार्ड बाेकेका थिए ।
                               गुणस्तरीय शिक्षाको पहुँच कायम गर ” लगायतका नारा लगाएका थिए ।यस्तै केसीकै समर्थनमा माइतीघरमा कांग्रेसको भातृ संगठन तरुण दलले पनि प्रदर्शन गरेको छ ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org