ताजा समाचार

सार्वजनिक क्षेत्र र निजि क्षेत्रलाई नियमन र व्यवस्थापन गर्दै समाजवादको आधार तयार पार्नु पर्छ: अध्यक्ष प्रचण्ड

काठमाण्डाैँ ७, असार ।  नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सबै मेडिकल कलेजहरूलार्इ राष्ट्रियकरण गरेर समस्याको समाधान नहुने बताएका छन् । सोमबार काठमाडाैंमा एकीकृत अखिल नेपाल शिक्षक संगठनको राष्ट्रिय कार्यशालालाई सम्बोधन गर्दै प्रचण्डले यस्तो बताएका हुन् ।

कार्यक्रममा सम्बोधन गर्दै प्रचण्डले भने ‘हाम्राे संविधानले के परिकल्पना गरेको छ भने निजि क्षेत्र, सार्वजनिक क्षेत्र, संयोजनबाट देशको अर्थतन्त्रलाइ अगाडी बढाउने व्यक्त गरेको छ । उनले भने, ‘हामी सम्पूर्ण रुपले निजी क्षेत्रलाई उन्मुलन गर्न सक्दैनौँ, नियमन र व्यवस्थापन गर्दै समाजवादको आधार तयार पार्ने हाम्रो उद्देश्य हो ।’

डा. गोविन्द केसीको अनशनलाई निहुँ बनाएर ‘धमिलो पानीमा माछा मार्न खोजिएको’ टिप्पणी गरेका छन् । शिक्षा क्षेत्रमा रहेका समस्या र केसीको अनशनलाई निहुँ बनाएर एउटा वर्गले राजनीतिक अस्थिरतालाई निरन्तरता दिन खोजेको प्रचण्डको भनाई छ ।

अनशनमा रहेका केसीको स्वास्थ्य परीक्षण पनि गर्न नदिने, जीवनरक्षा पनि गर्न नदिने र उनीसँग वार्ता पनि गर्न नदिने तत्व सक्रिय भएको बताए ।

‘यो हेर्दा शिक्षा क्षेत्रबाट सुरु भएजस्तो देखिन्छ । तर यहाँ बडा विचित्र भएको छ’, उनले भने, ‘उहाँको जीवनरक्षा गर्न पनि नदिने, सरकारी डाक्टरहरूलाई स्वास्थ्य परीक्षण गर्न पनि नदिने र उहाँसँग वार्ता गर्न पनि नदिने काम भइरहेको छ ।

‘एकथरी मानिसहरू नेपालमा स्थितरता नहोस्, समृद्धि नहोस्, नेपालको शिक्षाक्षेत्रसहित सबै क्षेत्रमा विकास र सुधार नहोस् भन्ने सुधार नहोस् भन्ने चाहना राख्ने र त्यसैमा विगतदेखि फाइदा कमाइरहेको सानो वर्गले अहिले पनि निहुँ बनाउन खोजेको छ र राजनीतिक अस्थिरतालाई निरन्तरता दिन खोजेको छ’ ।

 

 

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org