ताजा समाचार

गंगामायालाई सरकारले दियो एक करोड

काठमाडाैं ८, साउन । छोराको हत्यामा संलग्नलाई कारबाही माग राख्दै पटक–पटक आमरण अनशन बस्दै आएकी गोरखा फुजेलकी गंगामाया अधिकारीलाई राहतस्वरूप सरकारले एक करोड रुपैयाँ दिएको छ ।

अधिकारीसँग विगतमा गरेको सम्झौताबमोजिम सरकारले सोमबार उनको नाममा खाता खोली १ करोड रुपैयाँ जम्मा गरिदिएको हो । यो खबर आजको कान्तिपुर दैनिकमा छ ।

गंगामायाका अधिवक्ता आषिकराम कार्कीका अनुसार कृषि विकास बैंकमा खोलिएको उनको खातामा सरकारले २०७१ सालमै दिने भनी सम्झौता गरेको १ करोड रुपैयाँ राखिदिएको हो ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org