ताजा समाचार

एजेन्डा नहुनेहरुको बिज्ञापन धेरै भो, मार्सी चामल मिठो हुन्न: प्रधानमन्त्री

काठमाडाैं ८, साउन । प्रधानमन्त्री तथा नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष केपी शर्मा ओलीले पछिल्लो समय चर्चामा रहेको मार्सी चामलको भातबारे प्रतिक्रिया दिएका छन्।

मंगलबार पार्टी कार्यालय धुम्बाराहीमा आयोजित कार्यक्रममा बोल्दै उनले आफू र अर्का अध्यक्ष पुष्पकमल दाहालले दुर्गा प्रसाईंको घरमा गएर मार्सी चामलको भात खाएको तर त्यसको स्वाद मिठो नहुने बताए ।

बासमती चामल खानेहरु मार्सी चामल भन्दै हिँडेको उनले अघि भने, त्यस्तो मिठो पनि हुँदैन ।’

प्रधानमन्त्री ओलीले विपक्षीसँग अरू केही मुद्दा नभएकाले मार्सी चामलको विज्ञापनमा हिँडेको बताए।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org