ताजा समाचार

अमेरिकामा नेपालि महिलामाथि गोलि प्रहार

काठमाण्डाैँ ९, साउन ।  भर्जिनियाको हेरन्डन सहरमा रेशम बजगाईंमाथि गोली प्रहार भएको एक महिना नबित्दै अमेरिकाको अोक्लाहामा राज्यको अटोका सहरमा एक नेपाली महिलामाथि गोली प्रहार भएको छ। ग्यास स्टेसनमा काम गरिरहेका बेला सोमबार दिउँसो सवा १२ बजे रचना श्रेष्ठमाथि गोली प्रहार भएको हो।

प्रहरीले ती युवकलाई घटनामा प्रयोग भएको हतियारसहित एक रेस्टुरेन्टबाट पक्राउ गरेको हो। उनले के कारणले युवतीमाथि गोली प्रहार गरे भन्ने बारे खुलेको छैन्। उनी भर्खरै अपराधिक क्रियाकलापमा संलग्न हुन खोजेको प्रहरीले अनुमान गरेको छ। यसअघि उनका नाममा कुनै अपराधको रेकर्ड नभेटिएको प्रहरीले जनाएको छ।

गत सोमबार बड्डी ह्यान्डी मार्ट नामक पेट्रोल पम्प नजिकै रहेकी नेपाली महिलामाथि अन्धाधुन्ध गोली प्रहार भएको थियो। नेपालको गोरखा घर भएकी रचना श्रेष्ठमाथि जिमुन टेज हिल नामक युवतकले गोली चलाएका थिए।

शरीरका विभिन्न भागमा ८ वटा गोली लागेकी श्रेष्ठको अवस्था गम्भिर रहेको पारिवारीक स्रोतले जनाएको छ। गम्भिर घाइते श्रेष्ठको अहिले स्थानीय सेन्ट फ्रान्सिस हस्पिटलमा उपचार भइरहेको छ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org