ताजा समाचार

पहिरोमा परि एकको मृत्यु, ४ जना घाइते

दार्चुला ९, साउन । पहिरोले पुरेर दार्चुलामा १ जनाको मृत्यु भएको छ भने ४ जना घाइते भएका छन् ।

जिल्लाको शैल्यशिखर नगरपालिका– ९ का मानबहादुर विकको घर पहिरोले पुरिँदा साेही नगरपालिकाकाे वडा नं. २, रौतेडाका २२ वर्षीय नरेश ओडको मृत्यु भएको हो ।

बुधबार बिहान करिब ३ बजेतिर घरमाथिबाट खसेको पहिराले पुरेर सुतिरहेकै अवस्थामा ओडको मृत्यु भएको इलाका प्रहरी कार्यालय, गोकुलेश्वरका प्रहरी निरीक्षक हिक्मत बोहराले जानकारी दिए ।

निर्माण मजदुर ओडसँगै अन्य ४ जना पनि सुतेका थिए । तर उनीहरूले भागेर ज्यान जाेगाएका छन् । यद्यपि, उनीहरू पनि सामान्य घाइते भएकाे प्रहरी निरीक्षक बाेहराले बताए ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org