ताजा समाचार

राष्ट्रियसभा बैठक अवरुद्ध

काठमाण्डाैँ  ९, साउन । प्रमुख प्रतिपक्षी दल नेपाली काङ्ग्रेसले डाक्टर गोविन्द केसीको माग सम्बोधन गर्नुपर्ने भन्दै राष्ट्रियसभाको बैठक अवरुद्ध गरेको छ ।

काङ्ग्रेसले डाक्टर केसीले उठाएको माग सम्बोधन गरी जीवन रक्षा गर्नुपर्ने, तरुण दलको प्रर्दशनमा भएको प्रहरी धरपकडबारे गृहमन्त्रीको जवाफ र बंगलादेशमा अध्ययनरत नेपाली छात्राको अपमान हुने गरि अभिव्यक्ति दिएका दुर्गा प्रसाईलाई कानुनी कारवाहीको दायरामा ल्याउनुपर्ने माग गर्दै बैठक अवरुद्ध गरेको हो ।

बुधबारको बैठकमा अध्यक्षसँग समय लिएर बोल्दै काङ्ग्रेसका राष्ट्रियसभा सदस्य बद्री प्रसाद पाण्डेले २६ औ दिनसम्म अनसनमा बस्नुभएका डाक्टर गोविन्द केसीको माग सम्बोधन, राजधानीमा तरुणदलको प्रर्दशनमा भएको प्रहरी दमनबारे गृहमन्त्रीको जवाफ, प्रसाईमाथि कानुनी कारवाही लगायतका माग पुरा नहुन्जेल बैठक चल्न नसक्ने बताए ।
। पाण्डेको भनाईसँगै काङ्ग्रेसका सदस्यहरु उभिएका थिए ।

कांग्रेसका सदस्यहरुले उभिएर विरोध जनाईरहेपछि अध्यक्ष तिमिल्सिनाले साउन १६ गते बुधबार ११ बजे सम्मका लागि बैठक स्थगित गरे ।

त्यसअघि अध्यक्ष तिमिल्सिनाले सरकारका मन्त्रीहरुलाई समयमै बैठकमा उपस्थित हुनका लागि ध्यानाकर्षण गराए । आजको बैठकमा विषयगत समिति गठन गर्ने कार्यतालिका थियो ।

राष्ट्रियसभाको मंगलबारको बैठक पनि कांग्रेसको विरोधका कारण अवरुद्ध भएको थियो ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org